Logo

Hello NEw

सरकारले थप्यो २० सह–सचिवको दरबन्दी



काठमाडौं, १० मंसिर । सरकारले २० जना सह–सचिवको दरबन्दी थप गरेको छ । मन्त्रिपरिषदको ३ मंसिरमा बसेको बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै दरबन्दी थप भएको हो ।

सामान्य प्रशासन मन्त्रालयमार्फत पेश भएको प्रस्ताव स्वीकृत भएसँगै १९ पहाडी जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) सह–सचिव रहनेछन् भने निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सह–सचिवको नेतृत्व रहनेछ ।

गृहका अनुसार यो निर्णयसँगै पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, सल्यान, डोल्पा, बैतडी, जुम्ला, दैलेख, अछाम र डडेल्धुरामा सह–सचिव तहका कर्मचारी सीडीओ हुनेछन् ।

हाल ती जिल्लामा उप–सचिव प्रमुख जिल्ला अधिकारी र प्रहरीतर्फ नायब उपरीक्षक ९डीएसपी० प्रमुख रहँदै आएका छन् । यसअघि ४२ जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सह–सचिव र ३५ जिल्लामा उप–सचिवको दरबन्दी थियो । जनसंख्या र दुई निर्वाचन क्षेत्र भएको आधारमा गृहले सह–सचिव खटाउने प्रस्ताव अघि बढाएको थियो ।

सीडीओमा उप–सचिव राखिएसँगै नेपाल प्रहरीमा पनि जिल्लाको नेतृत्व प्रहरी उपरीक्षक ९एसपी० मा पदोन्नति गर्ने तयारी छ । स्रोतका अनुसार सह–सचिव खटाइने जिल्लामा एसपीलाई पनि खटाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्