Logo

सार्वजनिक प्रशासनमा नेतृत्व विकासको फेरिँदो प्रवृत्ति एवं सवालहरू र अपनाउनुपर्ने रणनीतिबारेः सहसचिव नेत्र सुवेदी



सार्वजनिक प्रशासनमा नेतृत्व विकासको फेरिँदो प्रवृत्ति एवं सवालहरूका सम्बन्धमा चर्चा गर्दै सफल नेतृत्व विकासका लागि अपनाउनुपर्ने रणनीतिबारे सुझाब प्रस्तुत गर्नुहोस् ।

कुनै पनि संगठनको अगुवाइ गर्ने कला नै नेतृत्व हो । नेता हुनु एउटा कुरा हो भने नेतृत्व क्षमता विकास हुनु भनेकोचाहिँ सफल नेता बन्ने पूर्वाधार हो । सार्वजनिक निकाय वा कार्यालयको प्रमुख वा सो कार्यालयको महाशाखा प्रमुख वा शाखा प्रमुखलाई पनि सापेक्षिक रूपमा नेतृत्वको स्थानमा राखेर हेर्न सकिन्छ ।

नेतृत्व विकासको फेरिँदो रूप;

– पारिवारिक वा वंशीय नेतृत्वबाट क्षमता तथा लोकप्रियतामा आधारित नेतृत्वमा रुपान्तरण,
– विगतमा व्यक्ति विशेषले हाँक्ने नेतृत्व हाबी भएकोमा केही व्यक्ति वा समिति वा टोलीले अगुवाइ गर्ने शैलीको प्रयोग,
– विचार लाद्नेभन्दा पनि Convince and inspire गर्ने शैलीको प्रयोग,
– नैतिकवान् नेतृत्व र आध्यात्मिक नेतृत्वको अभ्यास प्रारम्भ,
– सम्पर्क सञ्जाल निर्माण गर्ने र भर्चुअल वृत्त निर्माण गरी सूचना धेरैमा पु¥याउने शैलीको प्रयोग,
– संवेगात्मक बौद्धिकता (Emotional intelligence) को प्रयोग,
– नेतृत्वलाई परिभाषित गर्ने, नेतृत्व व्यवहारको खोजी गर्ने र अन्तरक्रिया गर्ने,
– जोखिम, अनिश्चितता, जटिलता र अन्योल Vulnerability, Uncertain, Complex and Ambiguous (VUCA) Situation मा अगुवाइ गर्न सक्ने क्षमता वा कलाको माग तथा विकास गर्ने कार्यक्रम प्रयोगमा ।

वर्तमानमा रहेका नेतृत्व विकाससम्बन्धी प्रमुख सवाल;

– नेतृत्व पाउनु, नेतृत्व कौशल सिक्नु र व्यवहारमा उतार्नु गरी तीनवटै पक्षको सन्तुलन मिलाउनु अति आवश्यक छ ।
– नेतृत्व लिने व्यक्ति र व्यवस्थापक एउटै हुन्छ वा फरक हुन सक्छ भन्ने बहसको विषय छ । तथापि व्यवस्थापकीय कौशलका रूपमा नेतृत्वलाई लिनुपर्छ भन्ने गरिन्छ ।
– नेतृत्व कौशल भनेको व्यक्तिगत रूपमा र समूहगत रूपमा पनि मूल्यांकन हुने विषय हो ।
– कारोबारी नेतृत्वभन्दा अगाडि बढेर रुपान्तरणकारी नेतृत्वको खोजी ।
– कामको प्रकृति र संगठनमा रहने स्थानअनुसार पनि नेतृत्वको उपयुक्त मोडलको चयन आवश्यक पर्छ ।
– नेतृत्वका बाधक तत्वहरु न्यूनीकरण र साधक तत्वहरुको प्रवद्र्धन निरन्तर प्रक्रियाका रूपमा रहनुपर्छ ।
– नेतृत्व लिनु भनेको अरूलाई सबल बनाई विकल्प तयार गर्नु पनि हो ।

नेपालमा नेतृत्व विकासका क्षेत्रमा चाल्नुपर्ने कदमहरू;

– कामको प्रकृति र व्यक्तिको कार्यानुभव हेरी नेतृत्वको जिम्मेवारी दिइनुपर्ने,
– व्यक्तिबाट समूह वा संगठन तहसम्म पनि मूल्य शृंखला निर्माण गर्ने,
– आफूलाई चिन्ने, परिस्थितिको जानकारी राख्ने र अरूलाई अगुवाइ गर्ने कार्यबीच सन्तुलन कायम गर्ने क्षमता विकासमा जोड दिने,
– अध्ययनशीलता विकासलाई स्थान दिने, एउटा भनाइ पनि रहेको छ कि : Readership and Leadership goes side by side.
– संगठनात्मक संस्कृतिको नदेखिने तह अर्थात् values, norms, faith संगठनका सदस्यको अनुमानलाई सक्दो बुझेर अगुवाइ गर्ने रणनीति अवलम्बन गर्ने,
– नेतृत्व गर्ने व्यक्तिमा काम गर्ने अधिकार, जिम्मेवारी, जवाफदेहिताका साथसाथै सूचनाको स्रोतमा पहुँच र दिएको काम गर्ने क्षमतासमेत हुनुपर्छ ।
– आत्मसचेतना वा जागरणको बढीभन्दा बढी प्रयोग, जसमा योग गर्ने, ध्यान गर्ने विषय पर्छन् ।
– असल कार्यसंस्कृतिको विकास, समयपालना र समयको असल व्यवस्थापन कलाको व्यवहारमै विकास ।
– आ–आफ्नो कार्यक्षेत्रको सीमा र अन्तरसम्बन्ध बुझेर तदनुकूल कार्यसम्पादन गर्ने ।
– Vision, mission, goal, strategy, activities, action plan अनुसार परिणामको तहमा पुग्ने र प्राप्त उपलब्धिलाई बजारीकरण गर्ने ।

अन्तमा
नेतृत्व विकास जन्मजात हुनेभन्दा पनि समयक्रममा कामबाट र क्षमता विकासका अवसरबाट विकसित हुने हो । नयाँ–नयाँ चुनौतीको सामना गरी परिणाम निकाल्न साधक हुने नेतृत्व नै अहिलेको माग हो । संगठनहरूले पनि यही मर्मबमोजिम नेतृत्व चयन, विकास र प्रयोग गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्