Hello NEw
कराँतेबाट दोस्रो स्वर्ण, टिम कातामा नेपाली टिम विजयी
काठमाडौं, १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको महिला टिम कातामा नेपाली टिमले स्वर्ण दिलाएका छन् । नेपाली टिममा निर्मला तामाङ, संगिता मगर र सरु कार्की थिए ।
योसँगै आयोजक नेपालले स्वर्ण संख्या ३ पुगेको छ । सोमबार भएको प्रतिस्पर्धामा नेपालले पाकिस्तानी टिमलाई पराजित गरेको हो ।
फाइनलमा नेपालले २४.८१ अंक ल्यायो भने पाकिस्तानले २३.३ ल्याएको थियो ।
त्यसअघि समूह चरणमा नेपाली टिमले २४.७४ अंक ल्याएर फाइनलमा स्थान बनाएको थियो । पाकिस्तानी टिमले २५।१४ अंकका साथ स्वर्णका लागि भेट पक्का गरेको थियो ।
यसअघि पुरुष व्यक्तिगत कातामा नेपाललाई मण्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण दिलाएका थिए ।
चञ्चला दनुवारले पनि व्यक्तिगत कातामा नेपाललाई रजत दिलाएका थिइन् । चञ्चला पकिस्तानका सायदासँग पराजित हुँदा स्वर्णबाट चुकिन् ।
सोमबार कराँतेमा व्यक्तिगत र टिम काता गरी चार स्वर्ण र फाइटका ५ स्वर्णमा प्रतिस्पर्धा हुँदैछ। बुधबारसम्म चल्ने कराँतेमा कुल १९ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
