Logo

Hello NEw

उपनिर्वाचनको अन्तिम परिणामः नेकपा ३०, नेकाँ १३



काठमाडौं, १६ मङ्सिर । निर्वाचन आयोगले मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले प्रकाशित गरेको अन्तिम परिणाम बमोजिम प्रतिनिधि सभा सदस्यको एक मात्र निर्वाचन क्षेत्रमा नेकपा विजयी भएको छ । तीन प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा नेकपा, नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाले एक एक स्थानमा जित हात पारेको छ ।

निर्वाचन आयोगले सोमबार अपरान्ह प्रकाशन गरेको अन्तिम परिणाम अनुसार नेकपा सबैभन्दा बढी ३० स्थानमा जित हात पारेको छ । नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा सदस्य, तीन स्थानीय तहको अध्यक्ष पदमा जित हात पारेको छ । बाँकी उपाध्यक्ष र वडाअध्यक्ष पदमा नेकपा उम्मेदवार निर्वाचित भएका हुन् ।

नेपाली काँग्रेसले १३ स्थान जित हात पारेको छ । काँग्रेसका उम्मेदवार एक प्रदेशसभा सदस्य र धरान उपमहानगरपालिकाको मेयर पदमा जित हात पारेको हो ।

प्रतिक्रिया दिनुहोस्