Hello NEw
सडक डभिजन प्रमुख र लेखा प्रमुख सहित ७ जना विरुद्ध मुद्दा
काठमाडौं, १६ मंसिर । डिभिजन सडक कार्यालय जनकपुरका डिभिजन प्रमुख दिनेश अर्याल र लेखा प्रमुख जिवनाथ पोखरेल सहित अन्य ७ जना विरुद्ध मुद्दा दायर भएको छ । ठेक्काको बोलपत्रमा केरमेट गर्दै आफूखुशी सच्याइ लागत राख्ने गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुमाथि अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा सडक डिभिजन कार्यालय जनकपुरका तत्कालीन कार्यालय प्रमुख दिनेश अर्याल, लेखा आधिकृत जिवनाथ पोखरेल इन्जिनियर राजकुमार यादव र अर्का इन्जिनियर सन्जिवकुमार साह बोलपत्र केरमेटको कार्यमा संलग्न भएको खुलेको छ ।
उनीहरुले निजि कम्पनी भैरव कन्स्ट्रक्सनले पेश गरेको बोलपत्र आफूखुशी दररेट अंक र अक्षर तोडमरोड गरी १९ लाख ५० हजार भन्दा बढी नगत थप गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।
उनीहरुले सरकारी कागजात गैरकानुनी रुपमा सच्याई बोलपत्रदातालाई लाभ पुर्याउन खोजेको तथा सरकारलाई गैरकानुनी नोक्सानी पुर्याएको भन्दै सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको अभियोगमा भ्रष्टचार निवारण ऐन २०५९ अनुसार कारवाही सहितको मद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
