Logo

Hello NEw

साग अपडेट : १३ पुग्यो नेपालको स्वर्ण पदक



काठमाडौं, १६ मंसिर । नेपालले १३ औँ दक्षिण एशियाली खेलकुद सागमा करातेमा सात र तेक्वान्दोमा पाँच स्वर्ण पदक जितेको छ ।

ट्रायथलनमा समेत ऐतिहासिक स्वर्ण पदक जितेको नेपालले स्वर्ण पदकको सङ्ख्या १३ पुर्‍याएको छ । नेपालले करातेमा सात, तेक्वान्दोमा पाँच र ट्रायथलनमा एक स्वर्ण जितेको हो ।

पछिल्लो पटक करातेमा अनु अधिकारी एवम् कुसुम खड्काले दुई र तेक्वान्दोमा आयशा शाक्य एवम् सन्जीवकुमार ओझाको जोडीले एउटा स्वर्ण पदक जितेको हो ।

शाक्य र करातेका मण्डेकाजी श्रेष्ठ दुई/दुई स्वर्ण जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्