Hello NEw
नेपालको शानदार जित, भुटान ४ शून्यले पराजित
काठमाडौँ, १७ मंसिर । साग पुरुष फुटबल अन्तर्गत पहिलो खेलमा नेपालले शानदार जित निकालेको छ । नेपालले खेलको ७७ औं मिनेटमा भुटानविरुद्ध चौथो गोल गरेको हो । दोस्रो हाफको पाँचौ मिनेटमा अग्रता दोब्बर बनाएको नेपालले ६६ औं मिनेटमा तेस्रो गोल गरेको थियो ।
खेल सुरु भएको पाँचौ मिनेटमा कप्तान सुजल श्रेष्ठको गोलबाट अग्रता लिएको नेपालले दोस्रो हाफको पाँचौ मिनेटमा उनकै गोलको मद्दतमा अग्रता दोब्बर बनाएको थियो ।
६६ औं मिनेटमा अभिषेक रिजालले हेडमार्फत् सुन्दर गोल गरेका हुन् । सँगै खेलको ७७ औं मिनेटमा भुटानविरुद्ध मिच्चेन तामाङले चौथो गोल गरेका हुन् । तामाङको गोल नै नेपालको शानदार जितका लागि निर्णयक बन्यो । भुटानले केही प्रयास गरे पनि नेपालको जाली चुम्न सकेन ।
साग पुरुष फुटबल अन्तर्गत सोमबार भएको खेलमा भुटानले बंगलादेशलाई १–० ले हराएको थियो । यसअघि नै तीन अंक जोडिसकेको भुटानसँग नेपालले पहिलो खेल खेलेको हो । यो जितसँगै नेपालले तीन अंक जोडेको छ ।
