Hello NEw
प्रहरी सहायक निरिक्षक घुस लिदालिँदै पक्राउ
काठमाडौं, १७ मंसिर । ट्राफिक प्रहरी पोस्ट महेन्द्रनगर धनुषाका प्रहरी सहायक निरिक्षक नबिनकुमार झा घुससहित पक्राउ परेका छन् । उनी ट्रिपरको सम्पूर्ण कागजात भएर पनि विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घुस लिदालिँदै पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असई झालाई सेवाग्राहीबाट १ हजार घुस लिइसकेको अवस्थामा क्षिरेश्वरनाथ नगरपालिका–५ धनुषास्थित सखुवा चोकमा रहेको प्रहरी बिटबाट पक्राउ गरेको हो । उनले प्रत्येक ट्रिपरबाट १–१ हजार लिने गरेका थिए । घुससहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तिायरले जनाएको छ ।
