Hello NEw
२५ वर्ष भन्दा कम उमेरकाले मदिरा बेच्न र सेवन गर्न नपाइने

जुम्ला, १७ मंसिर । जुम्लाको पातारासी गाउँपालिकाले युवायुवतीले मादक पदार्थ बेचबिखन र सेवन गर्न नपाइने भएको छ । मदिरा सेवनका कारण महिला हिंसाका क्रियाकलापमा वृद्धि भएको भन्दै २५ वर्ष भन्दा कम उमेर समूहका युवायुवतीलाई मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको हो ।
अत्याधिक मदिरा सेवन बढेको र जसका कारण महिला हिंसाका क्रियाकलापमा वृद्धि हुन थालेपछि गाउँपालिकाले युवायुवतीलाई मदिरामा प्रतिवन्ध लगाएको हो । गाउँपालिकामा रहेको महिला तथा बालबालिका शाखामार्फत गाउँमा गठन भएका महिला समूह, सहकारी र युवाहरुलाई सचेतनामुलक कार्यक्रम गर्न लगाइएको छ ।
गाउँमा अगुवाई गर्ने महिलाहरुलाई समेत जानकारी गराई अभियानका साथ मदिरा सेवन तथा बिक्रि वितरणमा रोक लगाउने नीति अघि बढाइएको छ।
गाउँपालिकामा रहेका बालक्लब, युवाक्लब, आमा समुह, सहकारी संस्था सबैलाई मदिरा सेवन तथा बिक्रि वितरणमा रोक लगाउने कार्यमा साथ दिन अपिल गरिएको छ। यो निर्णयले गाउँपालिकालाई नै मदिरामुक्त बनाउने आधारका रुपमा लिइएको छ ।
