Logo

Hello NEw

साग अपडेटः २२ पुग्यो नेपालको स्वर्ण पदक



काठमाडौं, १७ मंसिर । तेह्रौ‌ं दक्षिण एसियाली खेलकुद ९साग०मा नेपालको स्वर्ण संख्या २२ पुगेको छ । सोमबार नेपालले कराते र तेक्वान्दो तर्फ समान ७/७ र ट्रायलथनमा १ गरि १५ स्वर्ण जितेको थियो ।

मंगलबार नेपालले उसु तर्फ २ स्वर्ण थपेको हो । नेपालले उसुको थाउलोअन्तर्गत पुरुष र महिला छानछ्वानमामा स्वर्ण जितेको छ । महिलामा सुस्मिता तामाङले स्वर्ण जितिन् भने पुरुषमा विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जितेका हुन् ।

त्यस्तै नेपालले मंगलबार कराँतेमा ३ स्वर्ण थप गरेको छ। नबिन रसाइलीले कराँतेको ६७ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । त्यस्तै सुनिता महर्जनले पनि ६८ केजी तौल समूहमा कराते फाइटमा स्वर्ण जितिन् भने काजल श्रेष्ठले पनि फाइट तर्फ नै स्वर्ण जितिन् ।

उता पोखरामा दुआथलनमा हिमाल टमाटाले स्वर्ण जितेका छन् । त्यस्तै नेपालले महिला म्याराथनमा पनि स्वर्ण जितेको छ । सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्