Hello NEw
कमजोर चौमासिक वित्तीय प्रगति

काठमाडौं, १८ मंसिर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चालू आर्थिक वर्षको पहिलो चौमासिक वित्तीय खर्च प्रगति कमजोर देखिएको छ । मङ्गलबार मन्त्रालयको पहिलो चौमासिक प्रगति समीक्षा कार्यक्रममा चार दशमलव १८ प्रतिशत मात्र वित्तीय प्रगति भएको जनाइएको हो । मन्त्रालयको चालू आर्थिक वर्षको पहिलो चौमासिक चार दशमलव १८ प्रतिशत मात्र वित्तीय प्रगति भएको छ ।
जसमा पुँजीगततर्फ सात दशमलव ७९ र चालूतर्फ दुई दशमलव ५२ प्रतिशत बजेट खर्च भएको जनाइएको छ । सरकारले बजेट निर्धारित समयभित्रै खर्च गर्न पटकपटक सबै मन्त्रालयलाई निर्देशन गरे पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भने पहिलो चौमासिक सन्तोषजनक नभएको पाइएको छ ।
यस वर्ष मन्त्रालयको कुल ३१ अर्ब ८२ करोड ४२ लाख रुपियाँ रकम विनियोजित भएकोमा प्रथम चौमासिकमा एक अर्ब ३३ करोड तीन लाख रुपियाँ खर्च भएको मन्त्रालयले सार्वजनिक गरेको छ ।
मन्त्रालयको बेरुजु रकम १४ अर्ब ७१ करोड ७४ लाख ५३ हजार रहेकोमा चालू वर्षमा एक अर्ब १७ करोड ७३ लाख ९६ हजार रुपियाँ फरफारक भएको मन्त्रालयले जनाएको छ ।
