Logo

Hello NEw

प्रहरी सहायक निरीक्षक रंगे हात पक्राउ



विराटनगर, १९ काठमाडौं । विराटनगरका शान्ति सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहाल घुससहित पक्राउ परेका छन् । भारतबाट तरकारी ल्याउने व्यापारीसँग ७ हजार घुस लिइरहेको अवस्थामा रंगे हात अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

विराटनगरस्थित गुद्रि बजारमा आउने व्यापारीलाई तरकारी चेकजाँच नगर्ने भन्दै व्यापारीसँग ७ हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको हो । मागे जति पैसा नदिए तरकारी नियन्त्रण लिएर कारबाही गर्ने धम्की दिन थालेपछि व्यापारीले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी दिएका थिए ।

भारतबाट आयत भएको तरकारी चेकजाँच नगर्ने भन्दै व्यापारीसँग असई दाहालले दिनेपिच्छे घुस लिने गरेका थिए । सोही क्रममा बुधबार अख्तियारले नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

पक्राउ परेका असई दाहाल केसेलियाका सिआरबी हुन् । उनको नेतृत्वमा केसेलियामा ११ जनाको टोली रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार दाहाललााई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्