Logo

Hello NEw

भ्रष्टाचार अभियोगमा पाल्पाकी नर्स विरूद्ध मुद्दा



काठमाडौं, १९ मंसिर । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाकी नर्स कल्पना पौडेल विरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत पौडेल माथि ८१ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा काठमाडौं विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बुधबार आयोगले पब्लिक हेल्थ नर्सिङ छैठौं तहकी कल्पना पौडेलले नक्कली बिल भरपाई पेश गरी सरकारी रकम भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरी उनी माथि अदालतमा मुद्दा दायर गरेको हो ।

परिवार नियोजन शिविर सञ्चालनमा सरसामान ढुवानी गर्ने, ग्राहक लिन र पुर्‍याउन जाने प्रयोजनका लागि गाडी भाडामा समेत प्रयोग गरेको खुलेको छ ।
आयोगले भ्रष्टाचार गरेको बिगो रकम कयम गरी कैद सजायको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्