Logo

Hello NEw

सार्वजनिक नीति तर्जुमाका सैद्धान्तिक तथा ब्यवाहारिक आधार र नीति निर्माणमा कसको कस्तो भूमिका हुन्छ ?



प्रश्न १) सार्वजनिक नीति तर्जुमामा के के समावेशी गरिन्छ । निती तर्जुमाका सैद्धान्तिक र ब्यवाहारिक आधारहरु समेत उल्लेख गर्नुहोस् ।

अधिकार प्राप्त सार्वजनिक निकाय वा पदाधिकारीले नीतिको निर्माण गर्नु वा बनाउनु तर्जुमा हो । सार्वजनिक हितका लागि सार्वजनिक समस्याको पहिचान गरी त्यसको समाधान गर्ने विभिन्न विकल्पहरुको विश्लेषण गरेर उपयुक्त विकल्पहरुको छनौट गर्ने काम सार्वजनिक नीति तर्जुमा हो । Policy Demand,Decision र Statement सम्मको काम नै सार्वजनिक नीति तर्जुमा हो। यसमा Process र Content मा ध्यान दिइन्छ ।

यसका साथै;
– Vision, mission, goals, objectives and strategy (VMGOS),Implementation Plan and Institutional Arrangement को संयोजन गर्ने काम formulation हो ।
– Policy Commitment लाई Implementation मा लिने काम नै तर्जुमा हो ।

यसमा,
– Designing – Vision,Mission,Objectives,Strategy र Implementation Arrangement हेरिन्छ ।
– Prescribing – नीतिको Formating बारेमा सिफारिश गरीन्छ ।
– Enabling – क्षमता र श्रोत साधनको बन्दोवस्तो हेरिन्छ ।
– Supporting– नीति कार्यान्वयनका लागि चाहिने क्गउउयत छ छैन हेरिन्छ ।

नीति तर्जुमाका आधारहरु;
सैद्दान्तिक आधारः
– Process Approach – सहभागि गराउने,परामर्श गर्ने, Feasibilty हेर्ने ।
– Outcome Approach – कसका लागि कुन उद्देश्य प्राप्त गर्न नीति वनाइन्छ ? र यसको प्रभाव के हुन्छ हेर्ने ।
– Starategic Approach – Composite Scope हेर्छ ।
व्यवहारिक आधारः
– Maximizing Resource Productivity.
– Promoting Social Accountabilaity.
– Increasing Government Effectiveness.

नेपालमा सार्वजनिक नीति तर्जुमा गर्दा लिइने आधारहरु;
(Rationality, Public opinion)
– संविधान र राज्यका नीति निर्देशक सिद्दान्तहरु,
– जनताका माग र अपेक्षा,
– सत्तारुढ दलको चुनावी धोषणापत्र,
– आवधिक योजनाका लक्ष्य तथा कार्यक्रमहरु,
– विद्यमान प्रथा,परम्परा र सामाजिक मुल्य मान्यताहरु,
– नेपाल पक्ष रहेका अन्तराष्टिय सन्धि सम्झौताहरु,
– उपलब्ध श्रोत साधनको अवस्था,
– आकस्मिक अवस्थाको श्रृजना,
– विगतमा समस्या समाधान गर्न लिइएका आधारहरु,
– न्यायपालिकाका निर्देशनात्मक आदेशहरु,
– संवैधानिक निकाय, समितिका प्रतिवेदनहरु,
– विपक्षि दलका रचनात्मक सुझावहरु ।

सार्वजनिक नीति तर्जुमा गर्दा निम्न विषयलाई समेटी गर्नु पर्दछ;
– Global Issues लाई सम्बोधन गर्ने ।
– Use of ICT मा जोड दिने ।
– Citizens Participation बढाउने ।
– Social Inclusion मा जोड दिने ।
– Good Governance कायम गर्ने ।
– Decentrlization मा सहयोग पुर्याउने ।
– Human Rights and Human Development लाई केन्द्रविन्द’मा राख्ने ।
– Environmental Management गर्न सक्ने ।
– Poverty Reduction गर्ने ।
– Peace and prosperity कायम हुने ।

प्रश्न २) सार्वजनिक नीति तर्जुमामा क कसको केकस्तो भूमिका हुन्छ ? निती तर्जूमा का समस्याहरु लेख्नुहोस् ।

क) संलग्न निकायहरुः
– व्यवस्थापिका,कार्यपालिका र न्यायपालिका
– कर्मचारीतन्त्र
– अन्य संबैधानिक निकायहरु
– राष्टिय योजना आयोग र राष्टिय विकास परिषद
– प्रदेश र स्थानीय निर्वाचित सरकार
– विभिन्न आयोग,कार्यदल र अध्ययन टोलीहरु
– गै.स.स. र मिडिया
– Interest Group,Experts,Pressure Group

Example
– Parliament – Political and Legal Policy.
– Executive – Executive Policy
– Bureaucracy – Adminiistrative Policy

ख ) प्रशासनको भुमिका:
– नीति आवश्यकताको बारेमा जानकारी दिने,
– नीतिको बारेमा स’चना र तथ्यांक संकलन गर्ने,
– नीतिको मस्यौदा तयार गर्ने,
– सार्वजनिक नीतिको बारेमा जनतालाई सचेत गराउने ।
– प्रस्तावित नीति मस्यौदाको सार्वजनिकिकरण गरी राय संकलन गर्ने ।
– आवश्यक श्रोत साधनको व्यवस्था गर्ने ।
– सरोकारवालाको सहभागिता स’निश्चित गर्ने ।
– विज्ञको झाव लिने ।
– नीतिको अन्तिम मस्योदा तयार गरी स्वीकृतिका लागि पेश गर्ने ।

ग ) अन्य प्रभाव पार्ने तत्वहरुः
– Political Ideology,
– Pressure Group and Minorities को हित र स्वार्थ,
– Bureaucracy र तिनको राजनितिक दलसँगको सामिप्यता,
– Professional and Civil Society,
– Voters,Elites,Media,Donors,MoF and NPC,
– Global Issues,
– श्रोत साधनको विद्यमान अवस्था ।

नेपालमा सार्वजनिक नीति तर्जुमामा विद्यमान समस्याहरुः
– यि कुराको अभाव छ; समय, श्रोत साधन, सक्षमता, सहभागिता, समन्वय, सूचना र सदचाहना ।
– निर्णय प्रक्रिया केन्द्रिकृत छ ।
– पर्याप्त गृहकार्य हुदैन ।
– कार्यविधि पारदर्शि छैन ।
– अनुगमन प्रभावकारी छैन ।
– उत्तरदायित्व अस्पष्ट छ ।
– संचार संयन्त्र कमजोर छ ।
– यथास्थितिमा रमाउने प्रवृति छ ।
– विदेशिलाई मार्गदर्शक सम्झने प्रवृति छ ।
– प्रशासकहरुमा उच्च मनोबल र उत्प्रेरणाको कमि छ ।

अन्त्यमा,
– कहिलेकाहि एउटा नीतिले विभिन्न नीति जन्माउछ । जस्लाई Spillover Policy भनिन्छ ।
– सार्वजनिक नीतिको तर्जुमा गर्दा विगतमा गरिएका प्रयासहरु, वर्तमान अवस्था, मुख्य मुख्य समस्या र चुनौति र नयाँ नीतिको आवश्यकता र औचित्य समेतको विश्लेषण गरीन्छ ।

नेपालमा सार्वजनिक नीति तर्जुमा गर्दा;
– सम्बन्धित मन्त्रालयले मस्यौदा गर्दछ ।
– सरोकारवालाको परामर्श लिइन्छ ।
– अन्तरनिकाय कार्यदलले मस्यौदा परिमार्जन गर्दछ ।
– मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्दछ ।
– म.प.को सम्बन्धित समितिमा छलफल हुन्छ ।
– मन्त्रिपरिषदबाट स्विकृति हुन्छ ।
– कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाइन्छ

प्रतिक्रिया दिनुहोस्