Hello NEw
कप्तान मल्लको शतकमा भुटानमाथि नेपालको जित
काठमाडौं, १९ मङ्सिर । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त पुरुष क्रिकेट विधामा भुटानमाथि १४१ रनको विशाल अन्तरले जित हात पारेको छ । श्रीलङ्का विरुद्धको पहिलो खेलमा हार बेहोरेको नेपालले दोस्रो खेलमा जित हात पार्दै प्रतियोगितामा वापसी गरेको छ ।
त्रिविस्थित कीर्तिपुर क्रिकेट ग्राउन्डमा नेपालले प्रस्तुत गरेको २ सय ३७ रनको विशाल लक्ष्य पछ्याउँदै भुटान पुरै २० ओभर खेलेपनि ६ विकेटको क्षतिमा ९५ रन मात्रै जोडन सक्यो । भुटानका लागि रञ्जुङ्ग मिक्यो दोर्जीले सर्वाधिक २७ रन बनाए । सोनम टोब्गेले १५ तथा टोब्देन सिंग्येले ११ रनको योगदान दिएका थिए । अपेक्षाकृत कमजोर स्पर्धि भुटानले नेपाली बलिङ्ग आक्रमण समक्ष सम्हालिएको प्रदर्शन गर्दै पुरा २० ओभर खेल्न भने सफल भयो ।
जितसँगै नेपालले अङ्क तालिकामा दुई अङ्क जोडेको छ । नेपाल अङ्कतालिकाको शिर्ष स्थानमा रहेको छ । पहिलो खेलमा श्रीलङ्काबाट हार बेहोरेको नेपालले अब माल्दिभ्ससँगै बङ्गलादेशलाई जिते सहजरुपमा फाइनलमा प्रवेश पाउनेछ । श्रीलङ्काले भने दुई खेलमध्ये दुबैमा जित हात पारेर चार अङ्क जोड्दै शिर्ष स्थानमा रहेको छ । बङ्गलादेशले एक खेल खेलेकोमा जित हात पार्दै दुई अङ्कसहित दोस्रो स्थानमा छन्
