Logo

Hello NEw

नेपाललाई गल्फ तर्फ ऐतिहासिक दुई स्वर्ण



काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत खेल गल्फ तर्फ नेपालले ऐतिहासिक स्वर्ण जित्न सफल भएको छ । शुक्रबार नेपालले एकल र टिम गल्फमा दुई स्वर्ण पदक हात पार्दै ऐतिहासिक सफलता प्राप्त गरेको हो ।

एकलतर्फ सुवास तामाङले स्वर्ण जिते । सुवासले १४ अन्डर २७४ खेल्दै स्वर्ण जितेका हुन् । गल्फको टिममा भने सुवास, टंकबहादुर कार्की, निरज तामाङ शुक्र्रबहादुर राईले स्वर्ण जितेका हुन् ।

गल्फको पुरुषतर्फ टिम स्पर्धामा नेपाल, बंगलादेश र श्रीलंकाले भाग लिएको छ। एकलमा भने भुटानले एकजना खेलाडी मात्र सहभागी गराएको छ ।

त्यसैगरी महिला तर्फ नेपालले टिमतर्फ कास्य जितेको छ । साग गल्फमा चार स्वर्ण, चार रजत र चार नै कांस्यका लागि प्रतिस्पर्धा भएको छ । आयोजकको हिसाबले नेपालले सागमा गल्फ खेल राखेको हो ।

प्रतिक्रिया दिनुहोस्