Hello NEw
गल्फमा सुवासलाई २ स्वर्ण

काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फमा नेपालका सुवास तामाङले स्वर्ण जितेका छन् । उनले व्यक्तिगत र टिम इभेन्टमा गरी दुई स्वर्ण जितेका हुन्।
गोकर्ण गल्फ क्लबमा शुक्रबार बंगलादेशका खेलाडीलाई व्यक्तिगत रुपमा पछि पार्दै सुवासले स्वर्ण जितेका हुन् । रजत पदकमा सीमित भएका बंगलादेशका मोहमद फरहादले ६ अन्डर २ सय ८२ स्कोर जोड्न सफल भए ।
स्वर्णधारी सुवासले कुल १४ अन्डर २ सय ७४ स्कोर बनाए । व्यक्तिगत तर्फ नेपालका शुक्रबाहदुर राईले कांस्य जिते ।
पुरुषको टिम इभेन्टतर्फ भने सुवाससहित टंकबहादुर कार्की, शुक्रबहादुर राई र निरज तामाङ रहेका छन् । गल्फमा नेपाली महिलाले पनि प्रतिस्पर्धा गरिरहेका छन् तर स्वर्ण ल्याउने सम्भावना भने सकिएको छ ।
