Hello NEw
जिम्मेवारी खोसिए लगत्तै मन्त्रालय तानिए रिजाल

दोलखा, २० मंसिर । घुस काण्डमा मुछिएका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललाई जिम्मेवारी खोसिए लगत्तै रिजाल मन्त्रालय तानिएका छन् ।
प्रहरीले जिल्ला प्रशासनमा पेश गरेको दुई ओटा मुद्धाका प्रतिवादीहरुलाई धरौटीमा छाड्ने आदेश गर्दा उनिहरुका परिवारबाट सवा लाख रुपैंयाँ घुस लिएको घटना सार्वजनिक भएपछि गृह मन्त्रालयले शुक्रबार उनलाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो । निर्णयको केही घण्टा अघि सिडिओ रिजाल जिल्ला छाडेर काठमाडौं आएका हुन् ।
रिजालले जिल्लाको मेलुङ गाउँपालिका ४ भेड्पुका ४० बर्षिया कुमार लामा प्रतिवादी रहेको अभद्र व्यवहार र कालिञ्चोक गाउँपालिका १ का २८ वर्षिया ईन्द्र पाख्रिन र उनका ५१ वर्षिया बाबु उदिम तामाङ प्रतिवादी रहेको सार्वजनिक सुरक्षा विरुद्धको मुद्धाका अभियुक्तहरुलाई थुनछेक बहसका क्रममा धरौटीमा रिहा गर्दा बुधबार ९० हजार र ३५ हजारका दरले दुबै अभियुक्तका परिवारबाटकार्यकक्षसंगैको गोप्य कोठामा १ लाख २५ हजार रुपैंयाँ घुस लिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर आएका दोलखाका प्रमुख रिजालले जिल्लामा कर्मचारी र कार्यालय प्रमुखलाई त्रासमा राखेर असुली गर्ने गरेको समेत खुलेको छ ।
