Logo

Hello NEw

माल्दिभ्सलाई ८४ रनले हराउँदै नेपाल विजयी



काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एसियाली खेलुकद (साग) अन्तर्गतको पुरुष क्रिकेटमा नेपाल अन्तर्गत शुक्रबारको खेलमा नेपालले जित हात पार्न सफल भएको छ ।

टस जितेर व्याटिङ रोजेको नेपालले माल्दिभ्सलाई ८४ रनले हराएको हो । नेपालले दिएको १६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्स पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा ७९ रनमा समेटियो ।

पहिलो व्याटिङ गरेको नेपालका लागि करण केसीले नटआउट ४० रन, दिपेन्द्रसिंह ऐरीले ३९ रन, कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले १९–१९ रनमात्र जोडेका थिए । नेपालका सुसन भारी र ललितनारायण राजवंशीले दुईदुई विकेट लिएका थिए भने पवन सरार्फले एक विकेट लिए ।

माल्दिभ्सका लागि मोहम्मद आजमले नटआउट १७ र इब्राहिम हसनले नटआउट १२ रन जोडे । सँगै मोहम्मद रिजवानले १३ र अलि इभानले १३ रन जोडे । नेपालको बलिङसामु कमजोर सावित हुँदा माल्दिभ्स पराजित भएको हो ।

प्रतिक्रिया दिनुहोस्