Logo

Hello NEw

सचिवालय बैठकका एजेण्डाबारे खुमलटारमा छलफल



काठमाडौं, २२ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार सचिवालय बैठकका एजेण्डाबारे नेताहरूसँग छलफल गरेका छन् ।

आइतबार बिहान छलफलका लागि बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेल प्रचण्डनिवास खुमलटार पुगेका थिए ।

नेता देवेन्द्र पौडेलका अनुसार सोमबारको सचिवालय बैठकको एजेण्डामाथि नेताहरूबीच सामान्य छलफल भएको थियो । नेकपाका विभिन्न विभागहरूमा सदस्य नियुक्तिबारे पनि छलफल भएको उनले बताए ।

मंसिर ५ गते कार्यकारी अध्यक्ष बनेपछि प्रचण्डले सचिवालयको बैठक बोलाउन थालेका छन्। नेकपा सचिवालय बैठक सोमबार बस्दैछ। बैठकले स्थायी समिति बैठक, केन्द्रीय समिति बैठक डाक्नेबारे निर्णय गर्ने बताइएको छ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक झन्डै एक वर्ष यता बसेको छैन। नेकपाको अन्तरिम विधानमा तीन(तीन महिनामा स्थायी समितिको बैठक बस्नु पर्ने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्