Hello NEw
कर्मचारी बिहिन विषयगत शाखा, स्थानीयलाई सास्ती

बैतडी, २२ मंसिर । बैतडीका स्थानीय तहका विषयगत शाखा कर्मचारी बिहीन छन् । विषयगत शाखामा कर्मचारी नहुँदा नाम मात्रैका शाखा भएका हुन् । स्थानीय तहमा जनप्रतिनिधि आएको दुई वर्ष भन्दा बढी भइसक्दा समेत स्थानीय तहले कर्मचारीको अभाव झेल्दै आएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका बाहेक अन्य पालिकामा पनि कर्मचारीको अभाव छ ।
स्थानीय तहका विषयगत शाखामा कर्मचारी नहुँदा स्थानीयले सेवाप्रवाहमा समस्या भाग्दै आइरहेका छन् भने साबिकका कार्यालयबाट पाउने सेवा समेत पाउन सकेको छैन ।
गाउँपालिकाको शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला तथा बालबालिका लगायतका शाखा कर्मचारी विहिन रहेका रहेको छ ।
साथै जिल्लाको मेलौली नगरपालिकामा पनि शिक्षा, कृषि, पशु, घरेलु, महिला तथा बालबालिका शाखा कर्मचारी विहिन छन् ।
यस्तै पञ्चेश्वर गाउँपालिकाका विषयगत शाखा पनि कर्मचारी विहिन छन् । यसैगरी दोगडाकेदार गाउँपालिकाका र पुर्चौडी नगरपालिकाका अधिकांश विषयगत शाखामा पनि कर्मचारीको अभाव हुँदा सेवाग्राहीलाई सास्ती हुने खेप्नु परेको छ ।
