Hello NEw
स्वरोजगार बन्न चाहानेलाई पालुङटार नगरपालिकाले विनाब्याज १० लाख रूपैयाँ दिँदै

काठमाडौं, २२ मंसिर । गोरखाको पालुङटार नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम लागू गरेको छ ।
नगरभित्र बसोबास गर्नेलाई स्वरोजगार बनाएर कृषि उपजमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ । त्यसका लागि गत शुक्रबारदेखि विना ब्याज कर्जा वितरण समेत सुरूगरीसकेको छ भने अहिलेसम्म ३५ जनाले ऋण लिइसकेका छन् ।
स्थानीय उद्यम तथा व्यवसाय प्रवर्द्धन अन्तर्गत नगरले पाँचौं नगरसभाबाट स्वरोजगार कार्यक्रम स्वीकृत गरी ऋण कसरी दिने कार्ययोजना पनि बनाएको थियो।
उद्योग, व्यापार, कृषि तथा पशुपालनलगायत क्षेत्रमा युवाले ऋण सदुपयोग गर्न सक्नेछन् ।
नगरबाट विना ब्याज ऋण लिन चाहनेले व्यापार व्यवसाय सुरू गरेको र वडा कार्यालयबाट सिफारिस लिएको हुनुपर्छ । नगरले उपलब्ध गराएको ऋण व्यक्तिले तीन वर्षभित्र चुक्ता गरिसक्नु पर्नेछ ।
पालुङटार नगर बाहिर घर भएकाहरूले पनि नगरभित्र स्वरोजगारका कार्यक्रम सुरू गर्ने नगरले यो वर्ष ४० जनालाई स्वरोजगार कोषबाट कर्जा वितरण गर्ने योजना लिएको छ ।
संघ सरकारले नाम फेरेर पटकपटक ल्याएका स्वरोजगार कार्यक्रम सफल नभएकै बेला गोरखाको पालुङटार नगरपालिकाले फेरि यस्तै कार्यक्रम लागू गरेको छ।
केन्द्र सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख युवालाई रोजगारी दिने यस्तै कार्यक्रम गत वर्ष ल्याएको थियो । त्यसका लागि तीन अर्ब १० करोड रूपैयाँ विनियोजन गरिएको थियो ।
यस्तै शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रूपैयाँसम्म ऋण दिने अर्को कार्यक्रम पनि सरकारले ल्याएको थियो । तर ऋण लिने प्रक्रिया झण्झटिलो भएको भन्दै विद्यार्थीले ऋण लिएका छैनन् ।
बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि यस्तै कार्यक्रम लागू भएको थियो । पाँच लाख जना युवालाई स्वरोजगार बनाउने भनिएको त्यो कार्यक्रम स्वरोजगार बन्नेलाई भन्दा कार्यकर्तालाई पैसा दिएपछि उक्त कार्यक्रम तुहिएको थियो ।
‘
