Hello NEw
साग समापन सम्बोधन प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत गर्ने

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग०को समापन समारोहलाई मंगलबार भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने भएका छन् ।
स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री समापन समारोहस्थल दशरथ रंगशाला जान नसक्ने भएपछि प्रधानमन्त्री निवासबाटै भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्रीले पदक विजेता नेपाली खेलाडीलाई प्रोत्साहनसहित विशेष सम्बोधन गर्नेछ । समापन समारोहअघि नेपाल र भुटानबीच पुरुष फुटबलको स्वर्ण पदकका लागि खेल हुँदैछ । खेलअघि दिउँसो १२:०० बजे संसद् ११ र राष्ट्रसेवक ११ बीच मैत्रीपूर्ण फुटबल हुनेछ। ३:०० बजे फुटबलको फाइनलपछि खेलाडीको मार्चपास सुरु हुनेछ ।
मार्चपास सकिएपछि सार्कको १४औं संस्करण आयोजक पाकिस्तानलाई झन्डा हस्तान्तरण गरिनेछ। समापन समारोहमा सांस्कृतिक कार्यक्रम, विद्यालयका विद्यार्थीको प्रदर्शन तथा ब्यान्ड र सराय नाचको विशेष प्रस्तुति रहनेछ। समापन समारोहमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल,ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्यसचिव रमेश सिलवाल र पाकिस्तानका प्रतिनिधिले सम्बोधन गर्नेछन्।
यसैगरी समापनका अवसरमा नेपाल भ्रमण वर्षको केही कार्यक्रमसहित आतसबाजी पनि गरिनेछ।
