Hello NEw
पश्चिमी वायुका कारण बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना, चिसो झनै बढ्ने

काठमाडौं, २४ मंसिर । आउँदो बिहीबारदेखि देशभरि चिसो झनै बढ्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायु बुधबार साँझ नेपाल प्रवेश गरेसँगै तापक्रम घट्दै जाने संकेत देखिएको हो ।
मंगलबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस छ भने जुम्लामा माइनस ३.३ डिग्री सेल्सियसमा पुगेको छ ।
महाशाखाका मौसमविद् वरूण पौडेलेका अनुसार यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावना छ । यो प्रणाली बिहीबार अझै सशक्त हुनेछ। त्यसले देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू-भागमा समेत हिमपातको सम्भावना समेत बढेको जनाएको छ ।
यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने महाशाखाले जनाएको छ।
