Logo

Hello NEw

नेपालको राष्ट्रिय सुरक्षा व्यवस्थापन, यसका क्षेत्र तथा वातावरण र विकासबीच देखिएका समस्याहरु



नेपालको राष्ट्रिय सुरक्षा व्यवस्थापन बारे चर्चा गदै यसका क्षेत्रहरु उल्लेख गर्नुहोस् ? (२+८=१०)

डा. टोकराज पाण्डे,सहसचिव (नेपाल सरकार)

राष्ट्रको विकास र रक्षाको अवधारणा
राज्य वा सरकारले आफ्नो राज्यशक्तिको प्रयोग गर्दै राजनीतिक,आर्थिक, सामाजिक तथा सैन्य क्षेत्र र शक्तिको सुदृढीकरण मार्फत राज्यलाई आन्तरिक र बाहय चुनौतीहरुबाट मुक्त गरी मुलुकमा सुख, शान्ति र सुव्यवस्थामा कायम गर्ने बहुआयामिक रणनीतिलाई राष्ट्रिय सुरक्षा व्यवस्थापन भनिन्छ ।

राष्ट्रिय सुरक्षा व्यवस्थापन राज्य संञ्चालनको एउटा नीति हो । यो राज्यको आधारभूत दायित्व पनि हो । नेपालको संविधान र राष्ट्रिय सुरक्षा नीति २०७३ ले पनि नागरिकको जीउ धनको सुरक्षालाई प्रमुख प्राथमिकता दिएको छ । यसको अवधारणा दोश्रो विश्वयुद्धपछि शुरु भएको हो ।

नेपालको सार्वभौमसत्ता, भौगालिक अखण्डता, स्वाधिनता, नागरिक स्वतन्त्रता, मानवअधिकार जस्ता मूल्यहरु आत्मसात गदै आर्दश राज्य र सुखमय मानव जीवनको प्रत्याभूति गर्नु राष्ट्रिय सुरक्षा व्यवस्थापनको उदेश्य हो । सुदृढ राजनीति, सबल कुटनीति, सबल सामाजिक सुरक्षा, तदारुक शैन्य शक्ति तथा मानवीय सुरक्षा राष्ट्रिय सुरक्षा व्यवस्थापनका आधारभूत तत्वहरु हुन् ।

राष्ट्रिय सुरक्षा व्यवस्थापनका क्षेत्रहरु;

क) आन्तरिक सुरक्षा व्यवस्थापन
– राष्ट्रियता कमजोर पार्ने जातीय, भाषिक , धार्मिक, राजनीतिक द्धन्दहरुको यथोचित समाधान
– शान्ति तथा सूव्यवस्थामार्फत सार्वभौमसत्ताको रक्षा
– सैन्य क्षेत्रको सुदृढीकरण
– आधारभूत आवश्यकत्ताको व्यवस्थापन
– स्रोत साधनको प्रर्याप्त परिचालन
– सुरक्षा निकायहरुको क्षमता सबलीकरण
– नयाँ सुरक्षा नीतिको अबलम्वन
– जोखिममा परेको क्षेत्रको सशक्तिकरण
– सक्रिया सुरक्षा संयन्त्रको निर्माण
– राष्ट्र र राष्ट्रियता सहितको समाज निर्माण आन्तरिक सुरक्षा व्यवस्थापनका क्षेत्रअन्तर्गत पर्दछन ।
ख) वाहय सुरक्षा व्यवस्थापन
– सिमा विवाद निरुपण र सो प्रतिको संवेदनशीलता
– हातहतियार र खरखजनाको निमार्ण तथा ओसारप्रसारमा नियन्त्रण
– सिमा क्षेत्रको शान्ति सुरक्षा
– छिमेकी राष्ट्रसगँको समुधुर सम्बन्ध
– अन्तराष्ट्रिय मामिलामा सुधार
– आतंकवाद नियन्त्रणको लागि साझा प्रयन्त
– इन्टरपोल लगायतका मन्चमा सक्रिय सहभागिता
– मानवबेचविखन तथा तस्करी नियन्त्रण
– सर्तकता र प्रतिरक्षा योजना

निष्कर्ष,
राष्ट्रिय सुरक्षा व्यवस्थापन भनको राष्ट्रको सार्वभौमसत्ताको रक्षा गदै मानवीय, सामाजिक , सास्कृतिक तथा आर्थिक तवरले राष्ट्रमा आउने सक्ने आन्तरिक र वाहय चुनौतीको सामाना गर्नु हो । त्यसैले यस क्षेत्रमा संलग्न व्यक्ति तथा जिम्मेवार निकायको क्षमता विकास गरी सबै नागरिक आफ्नो तथा राष्ट्रको सुरक्षा क्षेत्रप्रति संवेदनशील हुनुपर्ने देखिन्छ । तबमात्र राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रभावकारी शुन्छ ।

नेपालमा वातावरण र विकासबीचको अन्तरसम्बन्धमा देखिएका समस्याहरु उल्लेख गर्नुहोस् ? (५)

विकासकालागि उचित वातावरण
ब्रम्हाण्डमा रहेको प्राकृतिक, साँस्कृतिक र सामाजिक प्रणालीहरु र यिनका अवयहरु तथा ती अवयवहरुबीचको अन्तरसम्बन्धलाई वातावरण भनिन्छ । वातावरणमा रहेका तत्वहरुको सन्तुलनमा ह्रास नपुर्याई विकासका क्रियाकलापहरुलाई अगाडि बढाउनु नै वातावरणीय विकास हो । वातावरण र विकास बिच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ भने एक विना अर्कोको विकास सम्भव हुदैन । यसको पछिल्लो अवधारणा सन् १९९२ को रियो सम्मेलनपछि आएको हो ।

नेपालमा वातावरण र विकासबीचको अन्तर सम्बन्धमा देखिएका समस्याहरु
– वातावरण सम्बन्धि ऐन नियमको प्रभावकारी कार्यान्वयन नहुनु
– वातावरण र विकासबीचको सन्तुलनमा हानी नपुग्ने गरी पर्याप्त कानूनी व्यवस्था तथा मापदण्ड कायम गर्न नसक्नु
– विकास र वातावरणबीच तालमेल कायम गर्न नसक्नु
– विकास, योजना, बजेट र कार्यक्रमहरुबीच समन्यनको अभाव हुनु,
– वातावरण संरक्षणको लागि क्रियाशिल र जिम्मेवार निकायबीच समन्वयको अभाव रहनु
– वातावरणीय शिक्षाका साथै नागरिक शिक्षा र सचेतनामा कमी हुनु
– अन्तराष्ट्रिय सन्धि सम्झौतामा गरिएका प्रतिवद्धताको राष्ट्रियस्तरमा कार्यान्वयन नहुनु
– दीगो विकासका सिद्धान्त र लक्ष्यहरु बढी सैद्धान्तिक हुनु
– वातावरणी मुल्यांकन प्रतिवेदन लागु नहुनु,
– आयोजनको वातावरणीय मुल्यांकन पक्ष फितलो हुनु,
– विकासको आकांक्षा वढ्नु वातावरणीय विषयमा चासो नपुग्नु ।

अन्त्यमा,
वातावरण र विकास दुवै दिगो विकासका आधार भएकोले एक विना अर्कोको विकास सम्भव नहुने तथ्यलाई मध्यनजर गरी विकास प्रक्रियालाई अघि बढाउनु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्