Hello NEw
छ सय एकमध्ये चार हजार उजुरी फछ्र्यौट

कञ्चनपुर, २५ मंसिर। अख्तियार दुरुयोग अनुसन्धान आयोगको कञ्चनपुरस्थित कार्यालयले छ वर्षको अवधिमा चार हजार बढी उजुरी फछ्र्यौट गरेको छ । आव २०७०/०७१ देखि आव २०७५/० ७६ सम्मको अवधिमा आयोगको कार्यालयमा परेका पाँच हजार ६०१ उजुरीमध्ये चार हजार ३७९ उजुरी फछ्र्यौट गरेको हो ।
सोमध्ये ८२२ उजुरी अनुसन्धानका क्रममा रहेका छन् । चालू आवको पहिलो चौमासिकमा आयोगको कार्यालयमा परेका ४०२ उजुरीमध्ये २४७ उजुरी फछ्र्यौट गरेको अख्तियार दुरुयोग अनुसन्धान आयोगको कञ्चनपुरले जनाएको छ । आयोगका अनुसार कार्यालयमा परेका उजुरीमध्ये २३७ उजुरी विस्तृत अनुसन्धानका लागि छनोट गरी अनुसन्धानपश्चात प्रतिवेदनसहित आयोगको कार्यालयमा १७७ उजुरी पठाइएका छन् ।
चालू आवमा सबैभन्दा बढी कैलालीका ११९, कञ्चनपुरका ८४, दार्चुलाका ३४, बैतडीका ४७, डडेल्धुराका २४, डोटीका ३४, अछामका १९, बझाङका १७ र बाजुराका २१ उजुरी दर्ता भएका छन् । जिल्ला नखुलेका तीन उजुरी आयोगमा परेका छन् । आयोगमा आव २०७०/०७१ मा ७४९, २०७१/ ०७२ मा एक हजार १२६, २०७२/७३ मा ९५८, २०७३/०७४ मा ६४४, २०७४/०७५ मा ५८८ र २०७५/ ०७६ मा ७३४ उजुरी दर्ता भएका छन् ।
भ्रष्टाचार न्यूनीकरणका लागि आयोगले सामुदायिक शिक्षा कार्यक्रमअन्तर्गत उच्च शिक्षा र क्याम्पसमा पढ्ने विद्यार्थी तथा शिक्षकलाई भ्रष्टाचारविरुद्धको सामुदायिक सेचतना शिक्षासँगै अन्तक्र्रिया, बैठक र जानकारीमूलक एवं सन्देशमूलक सूचना प्रकाशन र प्रसारण गर्दै आएको छ ।
