Hello NEw
लोक सेवा सामान्यज्ञान : परीक्षामा ‘शिक्षा’ सम्बन्धी आउन सक्ने सम्भावित प्रश्नहरु
१) बालअधिकार सम्बन्धी महासन्धी कहिले जारी भएको हो ?
क) सन् १९७९ नोभेम्बर ख) सन् १९८० नोभेम्बर
ग) सन् १९८९ नोभेम्बर घ) सन् १९९० नोभेम्बर

२) संयुक्त राष्ट्रसंघबाट पारित बालअधिकार सम्बन्धी महासन्धीलाई नेपालले कहिले अनुमोदन गर्यो ?
क) सन् १९९० सेप्टेम्बर १४ ख) सन् १९९१ सेप्टेम्बर १४
ग) सन् १९९० नोभेम्बर १४ घ) सन् १९९२ नोभेम्बर १४
३) बालबालिका सम्बन्धी ऐन, २०४८ अनुसार कुन उमेरसम्मकालाई बालबालिका मानिएको छ ?
क) १५ वर्ष मुनिका ख) १६ वर्ष मुनिका
ग) १७ वर्ष मुनिका घ) १८ वर्ष मुनिका
४) नेपालमा सर्वप्रथम शिक्षा विभागको स्थापना कहिले भएको थियो ?
क) विसं. १९१० ख) विसं. १९१२
ग) विसं. १९१४ घ) विसं. १९१५
५) सबैभन्दा पहिला नेपालमा स्थापना भएको कलेजको नाम के हो ?
क) पाटन क्याम्पस ख) भोजपुर क्याम्पस
ग) त्रिचन्द्र क्याम्पस घ) सरस्वती क्याम्पस
६) “नेपालको राष्ट्रिय शिक्षाको स्वरूप र भावी दिशा” बारे ऐतिहासिक छलफल सर्वप्रथम कहिले र कसको पालामा भएको थियो ?
क) विसं. १९३४, रणोद्विप सिंह ख) विसं. १९४०, जङ्गबहादुर
ग) विसं. १९४२ वीरशम्शेर घ) विसं. १९५५ बबरजङ्ग थापा
७) जाँचपास अड्डाको स्थापना कहिले भएको थियो ?
क) विसं. १९६५ ख) विसं. १९७६
ग) विसं. १९७५ घ) विसं. १९६७
८) बालबालिकाहरु किशोरावस्थामा विपरीत लिंगप्रति आकर्षण हुनुको मुख्यकारण के हो ?
क) शारीरिक परिवर्तन हुनु ख) यौनांगहरुको आकारमा परिवर्तन हुनु
ग) शरीरमा शक्ति बढ्नु घ) अभिभावकको स्वभावमा परिवर्तन हुनु
९) कुन अवस्थामा बालबालिकाको लैंगिक ग्रन्थीहरु द्रुत गतिमा विकसित र क्रियाशील रहेको हुन्छ ?
क) यौवनावस्था ख) किशोर अवस्था
ग) पूर्व बाल्यावस्था घ) उत्तर बाल्यावस्था
१०) “एक असल शिक्षकले विद्यार्थीको प्रकृति थाहा पाउनै पर्छ ।” यो भनाइ कसको हो ?
क) स्किनर ख) वाट्सन
ग) प्लेटो घ) क्रो एण्ड क्रो
११) शैक्षिक योजना भन्नाले कस्तो योजनालाई बुझाउँछ ?
क) विद्यालय व्यवस्थापन समितिले बनाएको योजना
ख) “विद्यालयभित्र वर्षभरिमा गर्नका लागि तयार पारिएको योजना”
ग) विद्यार्थीले पढ्नका लागि तयार पारेको योजना
घ) शिक्षकले बनाएको पाठ योजना
१२) दैनिक पाठयोजनाका अंगहरुको क्रम कुन कुन हो ?
क) उद्देश्य, शैक्षिक सामाग्री, शिक्षण क्रियाकलाप, मूल्यांकन
ख) उद्देश्य, मूल्यांकन, शैक्षिक सामाग्री, शिक्षण क्रियाकलाप,
ग) शैक्षिक सामाग्री, शिक्षण क्रियाकलाप, उद्देश्य, मूल्यांकन
घ) उद्देश्य, शिक्षण क्रियाकलाप, मूल्यांकन, शैक्षिक सामाग्री
१३) विद्यार्थीको पठनपाठनका क्रममा दैनिक पाठयोजनामा नपर्ने अंग कुन हो ?
क) शैक्षिक सामाग्री ख) उद्देश्य
ग) शिक्षण क्रियाकलाप घ) परीक्षा
१४) शिक्षा नियमावली २०५९ कहिलेदेखि लागु भएको हो ?
क) २०५९/५/१६ ख) २०५९/३/१६
ग) २०५९/२/१६ घ) २०५९/४/१६
१५) शिक्षा नियमावली २०५९ को पहिलो संशोधन कहिले गरियो ?
क) २०६०/३/२४ ख) २०५९/५/२४
ग) २०६०/४/२४ घ) २०५९/७/२४
१६) शिक्षा नियमावली २०५९ को छैठौं संशोधन कहिले भएको थियो ?
क) २०६७/१०/९ ख) २०६७/१०/१४
ग) २०६७/९/१० घ) २०६७/१०/२१
१७) नेपालमा करारमा शिक्षक नियुक्ति गर्ने व्यवस्था कहिलेदेखि प्रारम्भ भयो ?
क) २०६३ सालमा ख) २०६५ सालमा
ग) २०६६ सालमा घ) २०६७ सालमा
१८) शिक्षक सेवा आयोग नियमावली २०५७ को छैठौं संशोधन कहिले भएको थियो ?
क) २०६५/२/६ ख) २०६८/३/६
ग) २०६६/७/२३ घ) २०६७/५/२८
१९) शिक्षक सेवा आयोगको प्रमुख कार्य के के हो ?
क) शिक्षकको नियुक्ति र तलबभत्ताको व्यवस्था गर्नु ।
ख) शिक्षकको नियुक्ति र निरीक्षणको जाँच गर्नु ।
ग) मन्त्रालयले लगाएको काम गर्नु र गराउनु ।
घ) शिक्षकको स्थायी नियुक्ति, बढुवा र अध्यापन अनुमति पत्र वितरण गर्नु ।
२०) शिक्षक सेवा नियमावली, २०५७ केमा आधारित रहेर तय गरिएको हो ?
क) नेपालको अन्तरिम संविधान, २०६३ ख) शिक्षा ऐन, २०२८
ग) शिक्षा इस्तिहार, २००४ घ) नेपाल अधिराज्यको संविधान, २०४७
२१) शिक्षक सेवा आयोगमा जम्मा कतिजना सदस्य रहने व्यवस्था गरिएको छ ?
क) ३ जना ख) ५ जना
ग) ७ जना घ) ९ जना
२२) कुनै पनि शैक्षिक कार्यक्रमको अन्त्यमा गरिने मूल्यांकन कस्तो हो ?
क) निर्णयात्मक मूल्यांकन ख) निरन्तर मूल्यांकन
ग) निर्माणात्मक मूल्यांकन घ) आत्ममूल्यांकन
२३) कुनचाहिँ निर्णयात्मक मूल्यांकनको प्रमुख साधन हो ?
क) अवलोकन ख) पूर्व परीक्षा
ग) वार्षिक परीक्षा घ) सामयिक परीक्षा
२४) निर्माणात्मक मूल्यांकनको प्रमुख उद्देश्य कुन हो ?
क) निश्चित समयमा सञ्चालन हुनु ख) शिक्षणसिकाइमा सुधार ल्याउनु
ग) विद्यार्थीको स्तर निर्धारण गरी प्रमाणपत्र दिनु घ) सीमित साधनहरुको मात्र प्रयोग गर्नु
२५) दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अनौपचारिक स्थापना कहिले भएको हो ?
क) सन् १९८५ डिसेम्बर ८ ख) सन् १९८६ डिसेम्बर १५
ग) सन् १९९० डिसेम्बर १० घ) सन् १९९१ डिसेम्बर १८
२६) सार्क राष्ट्रहरूमध्ये सबैभन्दा बढी साक्षरता प्रतिशत भएको देश कुन हो ?
क) भारत ख) भुटान
ग) श्रीलङ्का घ) माल्दिभ्स
२७) सार्क राष्ट्रमा सबैभन्दा कम प्रतिशत साक्षरता रहेको देश कुन हो?
क) श्रीलङ्का ख) नेपाल
ग) अफगानिस्तान घ) पाकिस्ता
२८) गणतान्त्रिक नेपालको संविधान २०७२ मा कति भाग, धारा र अनुसूचीहरु राखिएका छन् ?
क) भाग ३५, धारा ३०८ र अनुसूची ९
ख) भाग ३५, धारा ३०८ र अनुसूची ७
ग) भाग ३४, धारा ३०८ र अनुसूची ९
घ) भाग ३५, धारा ३०८ र अनुसूची ८
२९) गणतान्त्रिक नेपालको संविधान, २०७२ जनताका लागि कहिले जारी भएको हो ?
क) २०७२ कार्तिक ३ गते ख) २०७१ असोज ३ गते
ग) २०७२ असोज ३ गते घ) २०७२ असोज १३ गते
३०) गणतान्त्रिक नेपालको संविधान, २०७२ मा मौलिक हक सम्बन्धी धारा कति कायम गरिएको छ ?
क) धारा १५ देखि ४७ सम्म (३३ ओटा धारा) ख) धारा १६ देखि ४६ सम्म (३१ ओटा धारा)
ग) धारा १८ देखि ४७ सम्म (३० ओटा धारा) घ) धारा १६ देखि ४७ सम्म (३२ ओटा धारा)
