Hello NEw
सहसचिव केवल भण्डारी सचिवमा बढुवा
काठमाडौं । सरकारले सहसचिव तथा प्रदेश नं ३ का अर्थ सचिव केवलप्रसाद भण्डारीलाई नेपाल सरकारको सचिवमा बढुवा गरेको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई सचिवमा बढुवा गरेको हो। सचिवमा बढुवा भएपनि पदस्थापन भएको छैन । संघको अर्थ मन्त्रालयको बजेट महाशाखामा लामो समय बसेका भण्डारी वर्तमान सरकार गठनसँगै अर्थ मन्त्रालयबाट बाहिरिएका थिए ।
नेपाल सरकारको सचिवका लागि अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सचिव विहिन छ ।
सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएपछि थपलियाको स्थान रित्त बनेको हो ।
थपलियाले प्रमुख निर्वाचन आयुक्त सिफारिस हुनुअघि सचिव पदबाट राजीनामा दिएका थिए।
