Hello NEw
मानव विकास सूचकांकमा नेपालको सुस्त सुधार

काठमाडौं, २५ मंसिर । नेपालले मानव विकास सूचकांकमा थोरै मात्रमा सुधार गर्न सफल भएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको सन् २०१९ को प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकांक मूल्य ०.५७९ छ । अघिल्लो वर्ष यस्तो सूचकांक मूल्य ०.५७४ थियो । यसमा १ अंकले सबैभन्दा राम्रो अवस्था जनाउँछ ।
सन् २०१९ को प्रतिवेदनमा सन् २०१८ सम्मको तथ्यांक प्रस्तुत गरिएको हुन्छ । अघिल्लो प्रतिवेदनमा सन् २०१७ सम्मको तथ्यांक प्रस्तुत भएको थियो । मानव विकास सूचकांक मूल्यका आधारमा कुल १ सय ८९ मुलुकमध्ये नेपाल १ सय ४७औं स्थानमा छ । यसअघि नेपाल १ सय ४९औं स्थानमा थियो । १ सय ४४औं स्थानबाट गत वर्ष ५ स्थान तलझरेको नेपाल यसपटक भने सामान्य सुधार गरेर १ सय ४७औं स्थानमा छ ।
यूएनडीपीले सन् १९९० देखि मानव विकाससम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । मानव विकास सूचकांक मापन गर्दा मुख्यतःऔसत आयु, शिक्षा, प्रतिव्यक्ति कुल राष्ट्रिय आय मुख्य सूचकका रूपमा मानिदै आएको छ ।
सन् १९९० मा पहिलोपटक मानव विकास सूचकांक मूल्य ०।३८ थियो । सन् १९९० मा औसत आयु ५४ वर्ष, विद्यालय शिक्षा ८ कक्षाभन्दा तल ९औसत० र प्रतिव्यक्ति आयकुल राष्ट्रिय आय १ हजार १ सय ९२ अमेरिकी डलर थियो । झण्डै दुई दशकको अवधिमा सन् २०१८ सम्म आइपुग्दा औसत आयु ७०।५ वर्ष पुगेको छ।
विद्यालय शिक्षा १२।२ कक्षा, प्रतिव्यक्ति कुल राष्ट्रिय आय २ हजार ७ सय ४८ अमेरिकी डलर पुगेको छ। यद्यपि, नेपालको अवस्था दक्षिण एसियाको औसतभन्दा निकै कमजोर देखिन्छ। मानव विकासमा दक्षिण एसियामा श्रीलंका सबैभन्दा अघि र अफगानिस्तान सबैभन्दा कमजोर देखिएको छ ।
दक्षिण एसियाली औसतमा मानव विकास सूचकांक मूल्य ०।६४२ छ। यस्तै, दक्षिण एसियाली औसत आयु करिब ७० वर्ष, विद्यालय शिक्षा ११।८ कक्षा र प्रतिव्यक्ति कुल राष्ट्रिय आय ६ हजार ७ सय ९४ अमेरिकी डलर छ ।
