Logo

Hello NEw

लोक सेवा विशेष : शिक्षा सम्बन्धी, लोकसेवाका सबै प्राविधिकहरुका लागि (सामान्य ज्ञान)



नारायणप्रसाद न्यौपाने

१) सर्वप्रथम नेपालमा दरबार स्कुलको स्थापना कहिले भएको थियो ?
क) विसं. १९१० असोज २७ ख) विसं. १९१० भाद्र २५
ग) विसं. १९१० कार्तिक २२ घ) विसं. १९१० असोज १७

२) नेपालमा रानीपोखरी संस्कृत पाठशालाको स्थापना कहिले भएको थियो ?
क) विसं. १९३२ ख) विसं. १९३३
ग) विसं. १९३४ घ) विसं. १९३५

३) नेपालमा सबैभन्दा पहिला अंग्रेजी पढाउने प्रथम नेपाली शिक्षक को हुन् ?
क) रुद्रराज पाण्डे ख) गरुडध्वज राना
ग) बुद्धिमान सिंह घ) ज्वालासिंह कटुवाल

४) सबैभन्दा पहिला बालअधिकार सम्बन्धी महासन्धी कहिले जारी भएको हो ?
क) सन् १९७९ नोभेम्बर ख) सन् १९८० नोभेम्बर
ग) सन् १९८९ नोभेम्बर घ) सन् १९९० नोभेम्बर

५) संयुक्त राष्ट्रसंघबाट पारित बालअधिकार सम्बन्धी महासन्धीलाई नेपालले कहिले अनुमोदन गर्यो ?
क) सन् १९९० सेप्टेम्बर १४ ख) सन् १९९१ सेप्टेम्बर १४
ग) सन् १९९० नोभेम्बर १४ घ) सन् १९९२ नोभेम्बर १४

६) नेपालमा राष्ट्रिय शिक्षा आयोगको गठन कहिले भएको थियो ?
क) विसं. २०४७ फागुन १५ ख) विसं. २०४७ फागुन १२
ग) विसं. २०४७ फागुन २१ घ) विसं. २०४७ फागुन १४

७) राष्ट्रिय शिक्षा आयोगले आफ्नो प्रतिवेदन कहिले बुझाएको थियो ?
क) विसं. २०४९ जेठ १४ ख) विसं. २०४९ असार १२
ग) विसं. २०४९ असार १४ घ) विसं. २०४९ जेठ १२

८) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनबमोजिम शिक्षाका प्रमुख राष्ट्रिय नीतिहरु कतिओटा रहेका छन् ?
क) ७ ओटा ख) ९ ओटा
ग) १० ओटा घ) ११ ओटा

९) शिक्षक सेवा आयोग नियमावली, २०५७ कहिले प्रकासित भएको हो ?
क) २०५७/७/२४ ख) २०५७/९/२५
ग) २०५७/५ /२४ घ) २०५७/८ /२५

१०) शिक्षक सेवा आयोेग नियमावली, २०५७ मा कति परिच्छेद, नियम र अनुसूची रहेका छन् ?
क) ६ परिच्छेद ४५ नियम र ४ अनुसूची ख) ५ परिच्छेद ५५ नियम र ४ अनुसूची
ग) ६ परिच्छेद ५५ नियम र २ अनुसूची घ) ६ परिच्छेद ४५ नियम र ५ अनुसूची

११) समाजमा मानव विकास कहिलेदेखि कहिलेसम्म रहेको हुन्छ ?
क) गर्भधारणदेखि जन्मसम्म ख) गर्भधारणदेखि मृत्युसम्म
ग) गर्भधारणदेखि बृद्धसम्म घ) जन्मदेखि मृत्युसम्म

१२) हरेक बालबालिकामा वैयक्तिक भिन्नता ल्याउने आन्तरिक तत्व कुन हो ?
क) वंशाणुगत भिन्नता ख) सिकाइमा भिन्नता
ग) बालबालिकाको स्वास्थ्य घ) आमाको स्वास्थ्य

१३) कुनै पनि बालबालिकामा उच्च संवेग देखा पर्नुको मुख्य कारण के हो ?
क) भाषिक कारण ख) सास्कृतिक कारण
ग) शारीरिक कारण घ) मनोवैज्ञानिक कारण

१४) कति वर्षको उमेरमा बालबालिकामा यौन परिपक्वता आउँछ ?
क) केटा १३ केटी १२ ख) केटा १५ केटी १४
ग) केटा १४ केटी १३ घ) केटा १६ केटी १४

१५) शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रमा कति दिनसम्म काम गर्ने दिन तोकिएको छ ?
क) २१० दिन ख) २२० दिन
ग) २२५ दिन घ) २१५ दिन

१६) शिक्षा नियमावली अनुसार सामुदायिक विद्यालयको शिक्षकले एक हप्तामा कम्तिमा कति पिरियडसम्म लिनुपर्ने व्यवस्था गरेको छ ?
क) २४ पिरियड ख) २५ पिरियड
ग) २८ पिरियड घ) ३० पिरियड

१७) विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन कुन योग्यता पुगेको हुनुपर्दछ ?
क) नेपाली नागरिक रहेको ख) २५ वर्ष उमेर पुगेको
ग) विद्यालयमा शिक्षक वा कर्मचारी नरहेको घ) माथिका सबै अनिवार्य छन्

१८) माध्यमिक शिक्षा विकास परियोजना कति वर्ष सञ्चालनमा आएको थियो ?
क) ४ वर्ष ख) ५ वर्ष
ग) ६ वर्ष घ) ७ वर्ष

१९) माध्यमिक शिक्षा विकास परियोजना कुन दातृ संस्थाको सहयोगमा सञ्चालन भएको हो ?
क) समुन्द्रपार विकास परियोजना ख) एशियाली विकास बैंक
ग) डानिडा घ) जाइका

२०) माध्यमिक शिक्षा सहयोग कार्यक्रमको साझेदारहरु कुनकुन हुन् ?
क) नेपाल सरकार ख) डानिडा
ग) एशियाली विकास बैंक घ) माथिका सबै

२१) संघीय शिक्षा ऐन २०७५ कहिलेदेखि जारी भएको हो ?
क) वि.सं. २०७६ बाट ख) वि.सं. २०७५ बाट
ग) वि.सं. २०७४ बाट घ) वि.सं. २०७३ बाट

२२) संघीय शिक्षा ऐन २०७५मा कति परिच्छेद र दफा कायम गरिएका छन् ?
क) परिच्छेद १२ र दफा ६७ ख) परिच्छेद २२ र दफा ७४
ग) परिच्छेद १५ र दफा ७६ घ) परिच्छेद १५ र दफा ७८


२३) कस्तो ठाउँमा स्थापना भएको विद्यालय वा शिक्षण संस्थामा सूचना प्रविधि संजाल (वाइफाई) सुविधाको व्यवस्था गर्नु पर्नेछ ।
क) सहर बजारमा मात्र ख) दुर्गम स्थानहरुमा
ग) सबै क्षेत्रमा घ) विद्युत भएको स्थानमा

२४) आधारभूत तहको शिक्षकका लागि कति योग्यता निर्धारण गरिएको छ ?
क) प्रमाणपत्र तह ख) कम्तिमा स्नातक तह
ग) स्नातकोत्तर तह घ) त्यस्तो निर्धारण भएको छैन

सम्बन्धित प्रश्नका उत्तरहरु;

  १ क) २ ग) ३ ख) ४ ग) ५ क) ६ घ) ७ ग) ८ घ) ९ क) १० ग) ११ ख) १२ क) १३ घ) 
  १४ ग) १५ ख) १६ क) १७ घ) १८ ग) १९ ख) २० घ) २१ क्) २२ ग) २३ घ) २४ ख) 
प्रतिक्रिया दिनुहोस्