Logo

Hello NEw

अर्थतन्त्रको संवाहक उद्योग क्षेत्र फस्टाउन नसक्नुका कारण र व्यापार प्रवद्र्धन गर्ने उपायबारे चर्चा गर्नुहोस्



१) अर्थतन्त्रको संवाहक मानिएको उद्योग क्षेत्र नेपालमा फस्टाउन नसक्नुका कारणहरु माथि प्रकाश पार्नुहोस् । (५)

डा. टोकराज पाण्डे, सह-सचिव (नेपाल सरकार)

“अबको निकाश औद्योगिक विकाश”
कुनै व्यक्ति, फर्म वा कम्पनीले आय आर्जनको उद्देश्य राखी वस्तु उत्पादन गर्ने वा सेवा प्रदान गर्ने क्षेत्रलाई उद्योग भनिन्छ । आर्थिक कृयाकलापमा क्रियाशिल, व्यक्ति, संरचना र संशाधनको समष्टीगत स्वरुप नै औद्योगिक क्षेत्र हो । कृषि प्रधान मुलुक भएतापनि उद्योग व्यवसायको नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका रहेको छ ।

नेपालमा उद्योग क्षेत्र फस्टाउन नसक्नुका प्रमुख कारणहरु :
– उद्योगका लागि दिगो सोचमा आधारित नीति निर्माण र कार्यान्वयन हुन नसक्नु,
– करका झन्झटिला प्रावधानहरु रहनु,
– दक्ष र सिपयुक्त जनशक्ति स्वदेशमै प्राप्त नहुनु,
– उद्योगका लागि चाहिने पर्याप्त कच्चापदार्थ र उर्जाको अभाव हुनु,
– औद्योगिक उत्पादन विक्रिका लागि वजारको सुनीश्चितता नहुनु,
– व्यवसायी र मजदुर बीच खराव श्रम सम्वन्ध हुनु,
– विगतको राजनीतिक अस्थिरता ,
– लगानी मैत्री वातावरणको कमी र झन्झटिलो प्रशासनिक प्रकृया हुनु,
– भौगोलिक कठिनाइका कारण कच्चा पदार्थको आपूर्तिमा समस्या हुनु,
– पर्याप्त मात्रामा वैदेशिक लगानी भित्र्याउन नसक्नु,
– योग्य तथा साहसी लगानी कर्ता नहुनु,
– निजिक्षेत्रको पूंजिलाई यस तर्फ आकर्षित गर्न नसकिनु,
– विशेष आर्थिक क्षेत्रहरु सोच अनुरुप संचालन नहुनु,
– उद्योग क्षेत्रमा आधुनिक प्रविधिको अवलम्वन नहुनु,
– औद्योगिक सुरक्षाको कमी र औद्योगिक सुरक्षावल प्रभावकारी नहुनु,
– निजीक्षेत्र र सार्वजनिक क्षेत्रबीच समन्वयको अभाव हुनु,

अन्त्यमा,
नेपाल प्रकृतिक स्रोत साधनले भरिपूर्ण मुलुक हो । यहाँ प्रसस्त मात्रामा उद्योगका लागि चाहिने कच्चापदार्थहरु रहेका छन् । खेर जाने त्यस्ता श्रोतको उपयोग गर्दै मुलुकमा औद्योगिकिकरण गर्नु आजको आवस्यकता हो ।

२) चरम व्यापार घाटा व्यहोरेको नेपालमाउत्पादन बढाई व्यापार प्रवद्र्धन गर्ने उपायहरु लेख्नुहोस् । (५)

व्यापार अपार हुन्छ,
मुनाफा आर्जन गर्ने उद्देश्यले गरिने वस्तु तथा सेवाको उत्पादन र विक्री वितरणलाई व्यापार भनिन्छ । व्यापारले आर्थिक गतिविधिहरुलाई चलायमान वनाउने काम समेत गर्दछ । आयात र निर्यात गरी व्यापार दुई प्रकारको हुन्छ । नेपालमा भने निर्यातको तुलनामा आयात उच्च हुदा व्यापार घाटा निरन्तर वढिरहेको छ ।

उत्पादन बढाई व्यापार प्रवद्र्धन गर्ने उपायहरु :
– औद्योगिक, वाणिज्य तथा व्यापार नीतिको अक्षरश कार्यन्वयन गर्ने,
– लगानी मैत्री वातावरणको निर्माण गरी औद्योगिक उत्पादन वढाउने,
– उद्योगका लागि अत्यावश्यक कच्चा पदार्थ र उर्जाको कमी हुन नदिने,
– आधुनिक प्रविधिको अवलम्वन गरी नविनतम वस्तु तथा सेवाको उत्पादन गर्ने,
– कम तौल र वढि मूल्यका वस्तु उत्पादन गर्ने,
– स्थानीय स्रोत साधनको अधिकतम परिचालन गर्ने,
– विदेशी बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय वस्तु उत्पादनमा जोड दिने,
– आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धनमा जोड दिने,
– नेपाललाई आकर्षक लगानी स्थलको रुपमा विकास गर्ने
– आर्थिक कुटनीतिको माध्यमबाट नेपाली उत्पादनको अन्तराष्ट्रिय बजार प्रवद्र्धन गर्ने,
– तुलनात्मक लाभका वस्तुको पहिचान र उत्पादनमा जोड दिने,
– ठुला ठुला उद्योग कलकारखानाहरु स्थापना गर्ने,
– उपभोग मुखी सोच र व्यवहार कम गर्ने,

यसरी,
उपभोग मुखी सोच र वढ्दो आयातले चरम व्यापार घाटा व्यहोरेको नेपालमा लगानी र उत्पादन वढाई आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्नु पर्दछ । त्यसो भएमा मात्र स्वाधिन र आत्मनिर्भर अर्थतन्त्रको निर्माण भई समृद्ध नेपाल सुखी नेपालीको नाराले सार्थकता पाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्