Hello NEw
नेपालमा वैदेशिक सहायता परिचालनमा देखिएका समस्या र यस्को विकल्पहरु

नेपालमा वैदेशिक सहायता परिचालनमा देखिएका समस्याहरु के हुन ? के वर्तमान अवस्थामा वैदेशिक सहायताको विकल्प संभव छ ? तर्कपूर्ण उत्तर दिनुहोस ।
(५+५=१०)
“Foreign aid is Necessary but not compulsory”
वचत र लगानीको खाडल पुरा गर्न गरिव र कमजोर राष्ट्रले सम्पन्न र विकसित राष्ट्रतथा संस्थावाट लिने सहायतालाई वैदेशिक सहायता भनिन्छ । यस अन्तर्गत ऋण, अनुदान र प्राविधिक सहायता पर्दछन ।
नेपालको संविधानको धारा ५१ मा वैदेशिक सहायतालिदाआन्तरिक श्रोत परिचालन वढाउनु पर्ने उल्लेख गरिएको छ भने यस सम्वन्धी क्षेत्रगतनीतिको रुपमाविकास सहायतानीति २०७१ रहेको छ । यद्यपिवैदेशीक सहायतको प्रथमिकता किटान नहुदा र खर्चको मापदन्ड नहुदा यसवाट भ्रष्टाचार वढेको र मुलुकको परनिर्भरता वढेको आरोप लाग्ने गरेको छ ।
वैदेशिक सहायता परिचालनमा देखिएका समस्याहरु;
– योजना, वजेट र विकास सहायता नीतिबीच तालमेल मिल्न नसक्नु,
– प्राथमिकता प्राप्त क्षेत्रमा सहायता परिचालनन हुनु,
– दाताका तर्फवाट द्धीपक्षीय स्वार्थ र वहुपक्षीय शर्त हावी हुनु,
– वार्ता, संझौता र सहायता परिचालन गर्न सक्ने दक्ष जनशक्तीको कमी हुनु,
– कर्मचारीतन्त्रको कमजोर कार्यसम्पादनस्तर रहनु,
– Counter Part Fund को अभाव ( दाताले ८० प्रतिशत लगानी गर्दा २० प्रतिशत सम्वन्धीत राष्ट्रले गर्नु पर्दछ। नेपालको शन्दर्भमा त्यस्तो कोषको कमी छ )
– Project Bank गठन हुननसक्नु ( सहायता परिचालन र परियोजनामा लगानी गर्ने वैंक नेपालमा गठन भएको छैन )
– परामर्शका नाममाआधाभन्दा वढि सहायताफिर्ता जानु,
– सार्वजनिकखरिद ऐनका झन्झटीला प्रकृया हुनु,
– उद्यमशिलताको अभाव अर्थात सवै विषय सहायतामा भर पर्नु, आफ्नो तर्फवाट केही काम नगर्नु,
– पुंजीगत खर्च गर्ने क्षमता र ठेकेदारको कार्य सम्पादनस्तर गतिलो नहुनु,
– स्थानीय नागरिकको असहयोग र जग्गा प्राप्तीमा ढिलाई हुनु ।
वैदेशिक सहायता परिचालनकाविकल्प;
नेपाल जस्ता अल्पविकसित र स्रोत साधनको चरम अभाव व्यहोरेका मुलुकका लागि तत्काल वैदेशिक सहायताको भरपर्दो विकल्प देखिदैन । यद्यपि विद्धानहरुले देहाय अनुसारका विकल्पहरु प्रस्तुत गरेका छन ।
– साधारण खर्च कटौतीगर्ने र चालु खर्चलाई मितव्ययी वनाउने,
– आन्तरिक श्रोत परिचालन वढाउने र आन्तरिक ऋण लिने,
– रेमिटेन्सलाई उत्पादनशिल क्षेत्रमा लगाउने,
– प्रत्यक्ष वैदेशिक लगानी (FDI) भित्र्याउने,
– करको दर र दायरा दुवै विस्तार गर्ने र कर परिचालन वढाउने,
– सार्वजनिक संस्थान माथिको सरकारी लगानी अन्त्यगर्न त्यस्ता संस्था ननिजीकरण गर्ने,
– सार्वजनिक निजी साझेदारीमा जोड दिने,
– भुत्तानी सन्तुलन मिलाउने र व्यापार घाटा कमगर्ने,
– पर्यटन प्रवद्र्धन गर्ने र वैदेशीक मुद्राको संचिति वढाउने,
– आन्तरिक, क्षमता र शिपको प्रवद्र्धन गर्ने,
– विलासी र आयातीत वस्तुको अपभोग घटाउने र आन्तरिक वस्तु प्रयोगमा जोड दिने,
– Dynamic Management गर्ने ।
अन्त्यमा,
“मागेर धनी भइदैन” भने जस्तै विदेशीको सहायताले मात्र मुलुकले समृद्धि हासिलगर्न सक्दैन । त्यसकालागिआन्तरिक श्रोत साधन र क्षमताको उपयोग वढाउनु पर्दछ । तत्काललाई भरपर्दो विकल्प देखा परी नसकेकाले हाललाई प्राप्त वैदेशिक सहायताको प्रभावकारी परिचालन वढाई रोजगारी सिर्जना र गरिवीनिवारणमा जोड दिनु पर्दछ ।
दीर्घकालिन सोच र योजनातयार गरी निश्चित विन्दुमा पुगेपछि वैदेशिक सहायतान लिने अवस्थाको सिर्जना गर्नु आजको आवस्यकता हो । त्यसका लागि दृढ राजनैतिक इच्छाशक्ती, प्रशासनीक सक्षमता र नागरीकमा वलीयो राष्ट्रियताको भावना जरुरी देखिन्छ ।
