Hello NEw
फरार डिभिजन प्रमुख पक्राउ

दोलखा, २९ मंसिर । दोलखाका तत्कालीन जलस्रोत तथा सिंचाई विकास डिभिजन प्रमुख प्रकाश अधिकारी पक्राउ परेका छन् । अधिकारी सरकारी छाप तथा दस्तखत किर्ते गरेर फरार रहेका थिए ।
रत्ननगर नगरपालिका- ४, चितवन घर भई किर्तिपुर नगरपालिका- २, काठमाण्डौं बस्ने अधिकारीलाई तत्कालीन कार्यरत कार्यालयको सरकारी छाप दस्तखत किर्ते गरेको मुद्दामा शनिबार काठमाडौंमा पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख डीएसपी मानबहादुर राईले जानकारी दिए ।
पक्राउ परेका अधिकारी यस अघि सेवाग्राहीसँग घुस लिएको आरोपमा निलम्वनको अवस्थामा रहेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले आवश्यक अनुसन्धानपछि दोलखा प्रहरीलाई पक्राउ गर्न पत्राचार गरेको थियो ।
तत्कालीन अधिकारी कार्यरत सिंचाई डिभिजन कार्यालयको सरकारी छाप दस्तखत किर्ते मुद्दामा वारदात पश्चात हालसम्म फरार रहेका थिए । पक्राउ परेका अधिकारीलाई दोलखा प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।
