Hello NEw
सार्वजनिक नीतिलाई परिभाषित गर्दै सार्वजनिक नीति निर्माण प्रक्रिया प्रस्तुत गर्नुहोस् ।
प्रश्न: सार्वजनिक नीतिलाई परिभाषित गर्दै सार्वजनिक नीति निर्माण प्रक्रिया प्रस्तुत गर्नुहोस् । (१०)

“Policy is the condition of past made by present for future”
सार्वजनिक नीति
– देश र जनताको सर्वांगीण हित र विकासका लागि सरकारले अवलम्बन गर्ने मार्गदर्शनलाई सार्वजनिक नीति भनिन्छ । यो विस्तृत, उद्देश्यमूलक र नतिजामूलक हुन्छ ।
– नागरिकसँग गरिएका प्रतिबद्धता पूरा गर्ने क्रममा सरकारद्वारा लिइएको अठोट वा घोषणा नै सार्वजनिक नीति हो । यो सरकार र नागरिकलाई जोड्ने योजक पनि हो ।
– सार्वजनिक सरोकारका विषयमा सरकारले गरेका निर्णय सार्वजनिक नीति हो । यो अधिकारप्राप्त अधिकारी वा निकायद्वारा औपचारिक रूपमा जारी गरिन्छ ।
– Public policy is the pre-determine of course of action.
– देशको मूल कानुन संविधान, ऐन, नियम, निर्देशिका, कार्यविधि, वार्षिक बजेट, योजना र क्षेत्रगत नीतिलाई सार्वजनिक नीति भनेर बुझिन्छ ।
सार्वजनिक नीति निर्माण प्रक्रिया
नीति कार्यान्वयन नीति विश्लेषण ; सार्वजनिक नीति निर्माण प्रक्रियाअन्तर्गत राज्य इच्छाको निर्माण, विश्लेषण र कार्यान्वयन गरी तीनवटै विषय पर्दछन् । यी प्रत्येक चरण एक–आपसमा अन्तर्सम्बन्धित र परिपूरक छन् । नीतिको निर्माण नै कार्यान्वयनका लागि हुन्छ भने, विश्लेषण पनि नीति चक्रको एक पक्ष हो ।
(क) सार्वजनिक नीति तर्जुमा :
ड्ड नीतिको मागलाई पहिचान गरी नीति म्चबात गर्ने कार्य,
ड्ड तर्जुमा गरिएको नीति म्चबात लाई निर्णय गर्ने कार्य,
ड्ड नीति निर्णयको अगुवाइ राजनीतिले लिन्छ भने सूचना तथ्यांक प्रशासनले उपलब्ध गराउँछ,
ड्ड नीति म्झबलम दबकभ, एबचतष्अष्उबतयचथ हुन्छ,
ड्ड नीति तर्जुमा गर्दा आवश्यकता परिपूर्ति हुने, समस्या समाधान हुने र परिवर्तनलाई संस्थागत गर्ने खालको हुनुपर्छ ।
(ख) सार्वजनिक नीति विश्लेषण :
– नीतिको प्रभाव र असर विश्लेषण गर्ने कार्य,
– यो नीतिको सबै चक्रमा हुन्छ, यद्यपि, नीति निर्माणपछि र कार्यान्वयन अघि गरिन्छ,
– यसले नीति कार्यान्वयनमा सहजता र गतिशीलता ल्याउँछ,
– यो विशुद्ध व्यावसायिक कार्य भएकाले यसमा विज्ञको सहभागिता रहन्छ,
– हतारमा नीति निर्माण गरी फुर्सदमा कार्यान्वयन गरिने हाम्रो देशमा नीति विश्लेषणले प्राथमिकता पाउन सकेको छैन,
(ग) सार्वजनिक नीति कार्यान्वयन :
– नीतिलाई व्यवहारमा रूपान्तरण गर्ने कार्य,
– नीतिको निर्माण नै कार्यान्वयनका लागि भएको हुन्छ,
– प्रशासनको गठन नै नीति कार्यान्वयनका लागि भएको हो,
– राजनीतिले पनि नीति कार्यान्वयनमा आड भरोसा दिने र सहयोग गर्ने कार्य गर्छ,
– नेपालमा राम्रा नीति बन्ने, तर प्रभावकारी कार्यान्वयन नहुने गरेको आरोप लाग्ने गरेको छ,
सन्दर्भ सार
हिजोको शिक्षा आजको इच्छा र भोलिको प्रतीक्षा’ समेत भनेर चिनिने सार्वजनिक नीति मुलुकलाई दिशानिर्देश गर्ने हुनुपर्छ । त्यसका लागि तथ्यमा आधारित, सहभागितामूलक र राष्ट्रहितमा आधारित नीति तर्जुमा, सोको वैज्ञानिक विश्लेषण र कार्यान्वयन हुनु जरुरी छ । राम्रो नीतिको तर्जुमा र असल नेतृत्वको विकास मुलुकको अहिलेको प्रमुख आवश्यकता हो ।
