Logo

Hello NEw

नेकपा स्थायी समिति बैठक : प्रचण्डले पेश गरे ११ पृष्ठको राजनीतिक प्रतिवेदन




काठमाडौं, २९ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा आइतबार दिउँसो सुरु भएको थियो । बैठक पुनः सोमबार ११ बजे बस्नेगरी सकिएको छ ।

आजको बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले ११ पृष्ठको राजनीतिक प्रतिवेदन र महासिचव विष्णु पौडेलले विधान संशोधन पेश गरेका छन् ।

प्रचण्डद्वारा पेश गरिएको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय परिस्थिति, अन्तर्राष्ट्रिय परिस्थिति, पार्टी एकतापछिको स्थिति, सरकारको समीक्षा लगायतका विभिन्न ७ वटा उपशिर्षक रहेका छन् । जसमा आगामी कार्ययोजनादेखि २०७७ सालमा पार्टीको महाअधिवेशन गर्नेसम्मका कुराहरु समावेश गरिएको छ ।

त्यस्तै वामदेब गौतमलाई उपाध्यक्ष गराउनका लागि महासिचव पौडेलले विधान संशोधन पेश गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ५ वटा कार्यसूची तय गरेको थिए। एक वर्षपछि बसेको यो स्थायी समिति बैठकमा पार्टीका संगठनात्मक काम र आगामी योजनाकोबारे छलफल गर्ने एजेण्डा छन् ।

अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले पेश गरेका प्रतिवेशन र संशोधनमाथि सोमबार मात्रै छलफल हुने पार्टी कार्यालयले जानकरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्