Logo

Hello NEw

लोक सेवा विशेष : शैक्षिक सामान्य ज्ञान



नारायणप्रसाद न्यौपाने

१) सर्वप्रथम, नेपालमा शनिवार विदा दिने चलन कसले चलाएका थिए ?
क) भीमशमशेर ख) जुद्धशमशेर
ग) पद्मशमशेर घ) मोहनशमशेर

२) मूल्यांकनको कुन साधनले विद्यार्थीहरुको व्यवहारिक पक्षको मापन गर्न उपयुक्त हुन्छ ?
क) मौखिक परीक्षा ख) रुजु सूची
ग) लिखित परीक्षा घ) मौखिक र लिखित परीक्षा

३) उच्चस्तरिय राष्टिय शिक्षा आयोगको प्रतिवेदन, २०५५ ले शिक्षाका राष्टिय उद्देश्यहरु
कतिओटा तोकेको थियो ?
क) सातओटा ख) आठओटा
ग) दसओटा घ) एघारओटा

४) उच्चस्तरिय राष्टिय शिक्षा आयोगको प्रतिवेदन, २०५५ ले शिक्षक शिक्षासम्बन्धी कतिओटा सुझावहरु प्रस्तुत गरिएका थिए ?
क) १७ ओटा ख) १२ ओटा
ग) १५ ओटा घ) १८ ओटा

५) माध्यमिक शिक्षा विकास परियोजना कति वर्ष सञ्चालनमा आएको थियो ?
क) ४ वर्ष ख) ५ वर्ष
ग) ६ वर्ष घ) ७ वर्ष

६) समाजमा मानव विकास कहिलेदेखि कहिलेसम्म रहेको हुन्छ ?
क) गर्भधारणदेखि जन्मसम्म ख) गर्भधारणदेखि मृत्युसम्म
ग) गर्भधारणदेखि बृद्धसम्म घ) जन्मदेखि मृत्युसम्म

७) बालविकासको क्रममा बालबालिकामा देखिने डर, त्रास, माया, रिस, हर्ष, विस्मातजस्ता संवेगहरु मानव व्यवहारको कुन पक्षसंग सम्बन्धित रहन्छ ?
क) विकासात्मक ख) क्रियात्मक
ग) भावनात्मक घ) माथिका सबै

८) नेपालमा महिला शिक्षाको प्रारम्भ कुन प्रधानमन्त्रीको पालामा भएको थियो ?
क) वीरशमशेर ख) देवशमशेर
ग) धीरशमशेर घ) रणोद्विप सिंह

९) त्रिरत्न सौन्दर्य गाथाका रचयिता को थिए ?
क) बसन्त शर्मा ख) वाणीविलास पाण्डे
ग) विद्यारथ केशरी घ) सुरानन्द बाँडा

१०) राष्टिय पाठ्यक्रम प्रारुप, २०६३ अनुसार बालबिकासका उद्देश्यहरु कति कायम गरिएका छन् ?
क) पाँचओटा ख) छओटा
ग) सातओटा घ) आठओटा

११) सर्वप्रथम सबैका लागि शिक्षा विषयक विश्व शिखर सम्मेलन कहिले र कहाँ भएको थियो ?
क) सन् १९९० अमेरिका न्यूयोर्क ख) सन् १९९५ इरानको तेहरान
ग) सन् १९९० थाइल्याण्डको जोमटेन घ) सन् १९८९ सेनेगलको डकार

१२) दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अनौपचारिक स्थापना कहिले भएको हो ?
क) सन् १९८५ डिसेम्बर ८ ख) सन् १९८६ डिसेम्बर १५
ग) सन् १९९० डिसेम्बर १० घ) सन् १९९१ डिसेम्बर १८

१३) सार्क राष्ट्रहरूमध्ये सबैभन्दा बढी साक्षरता प्रतिशत भएको देश कुन हो ?
क) भारत ख) भुटान
ग) श्रीलङ्का घ) माल्दिभ्स

१४) नेपाली साहित्यमा महासमालोचक भनेर कुन साहित्यकारलाई चिनिन्छ ?
क) तारानाथ शर्मा ख) वासुदेव त्रिपाठी
ग) सिद्धिचरण श्रेष्ठ घ) नरेन्द्र प्रसाई

१५) नेपालमा भएको तेह्रौँ साग प्रतियोगितामा सबैभन्दा बढी स्वर्णपदक प्राप्त गर्ने को थियो ?
क) गौरीका के.सी. ख) दिपक विष्ट
ग) विनोद कास्थ घ) सरस्वती चौधरी

१६) सार्क राष्ट्रमा सबैभन्दा कम प्रतिशत साक्षरता रहेको देश कुन हो?
क) श्रीलङ्का ख) नेपाल
ग) अफगानिस्तान घ) पाकिस्तान

१७) गणतान्त्रिक नेपालको संविधान २०७२ मा कति भाग, धारा र अनुसूचीहरु राखिएका छन् ?
क) भाग ३५, धारा ३०८ र अनुसूची ९ ख) भाग ३५, धारा ३०९ र अनुसूची ७
ग) भाग २५, धारा ३०८ र अनुसूची ९ घ) भाग ३५, धारा ३०९ र अनुसूची ९

१८) बर्तमान संविधानमा प्रत्येक नागरिकको कर्तव्य भनेर कुन धारामा उल्लेख गरेको छ ?
क) धारा ४४ मा ख) धारा ४८ मा
ग) धारा ५२ मा घ) धारा ५० मा

१९) संघीय शिक्षा ऐन २०७५ कहिलेदेखि जारी भएको हो ?
क) वि.सं. २०७२ बाट ख) वि.सं. २०७४ बाट
ग) वि.सं. २०७५ बाट घ) वि.सं. २०७६ बाट

२०) नेपालको संघीय शिक्षा ऐन २०७५ मा कति परिच्छेद र दफा कायम गरिएका छन् ?
क) परिच्छेद १५ र दफा ७५ ख) परिच्छेद १७ र दफा ७६
ग) परिच्छेद १५ र दफा ७६ घ) परिच्छेद १६ र दफा ७५

सम्बन्धित प्रश्नका उत्तरहरु;

(क), २ (ख), ३ (घ), ४ (क), ५ (ग), ६ (ख), ७ (ग), ८ (क), (घ), १० (क), ११ (ग), १२ (क), १३ (घ), १४ (ख), १५ (क), १६ (ग), १७ (क), १८ (ख), १९ (घ), २० (घ)

प्रतिक्रिया दिनुहोस्