Logo

Hello NEw

घुस खाने मालपोतका सुब्बा विरूद्ध मुद्दा



काठमाडौं, १ पुष । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत् नायब सुब्बा नारायणराज मिश्रविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

४० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले मंगलबार मिश्रविरूद्ध घुसबराबरकै रकम बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले सेवाग्राहीको लगत कट्टा गर्ने प्रयोजनका लागि आफ्नै कार्यालयका कार्यालय सहयोगीमार्फत भाइकाजी गौतमसँग चालीस हजार रुपैयाँ लिँदालिँदै मिश्रलाई अख्तियारले पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा मिश्रले सेवाग्राहीको मोही लगतकट्टा गरिदिने प्रयोजनको लागि लेखापढी व्यवसायीमार्फत घुस पाए काम गरिदिने भनी नियमानुसार गर्नुपर्ने कामको लागि बहाना बनाएर कार्यालय सहयोगी गौतमलाई लिन लगाएको खुलेको अख्तियारले जनाएको छ ।

सहयोगी गौतमले घुसतबापतको रकम हो भन्ने थाहा हुँदा पनि निर्देशन पालना गरेकावे उनलाई पनि चालीस हजार रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्