Logo

Hello NEw

पत्रकारले जितिन् #मीटू मुद्दा, ३४ लाख रुपैयाँ क्षतिपूर्ति पाउने



टोकियो, २ पुस । जापानमा एक महिला पत्रकारले बलात्कार मुद्दा जितेकी छन् । ३० वर्षीया पत्रकार सियोरी इतोले आफूलाई बेहोस बनाएर बलात्कार गर्ने अर्का पत्रकारविरूद्ध अदालतमा मुद्दा हालेकी थिइन् ।

सन् २०१५ मा ५३ वर्षीय नोरियुकी यामागुचीले आफूलाई बलात्कार गरेको भन्दै इतोले मुद्दा हालेकी थिइन् । अभियोजनकर्ताहरूले फौजदारी मुद्दामा पर्याप्त प्रमाण नपुग्ने बताएपछि उनले देवयानी मुद्दा दिएकी थिइन् ।

उक्त मुद्दाको सुनुवाइ गर्दै अदालतले यामागुचीबाट ३३ लाख जापानी येन ९३४ लाख २७ हजार रुपैयाँ० क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

पितृसत्तात्मक जापानी समाजमा यौन दुर्व्यवहारबारे निकै कम महिलालेमात्र उजुरी दिने गर्छन् । यस्तो अवस्थामा मुद्दा हालेकी इतो पछिल्लो समय चलेको ३मीटू अभियानकी जापानी प्रतीक बनेकी छन् ।

‘म निकै खुसी छु,’ मुद्दाको फैसला आएपछि इतोले भनिन् । उनले ‘जित’ लेखेको ब्यानर समातेकी थिइन् ।

टोकियो ब्रोडकास्टिङ सिस्टमको वासिङटन ब्युरो प्रमुख भइसकेका यामागुचीले सन् २०१५ मा त्यतिबेला समाचार संस्था रोयटर्स इन्टर्न गरिरहेकी इतोलाई डिनरका लागि बोलाएका थिए।

समाचारका विषयमा छलफल गर्न बोलाएर बेहोस पार्ने ड्रग्स खुवाएर यामागुचीले आफूलाई बलात्कार गरेको इतोको दाबी थियो । तर प्रधानमन्त्री सिन्जो आबेसँग निकट सम्बन्ध भएका यामागुचीबारे प्रहरीले मुद्दा अघि बढाउन आनाकानी गर्‍यो । यामागुचीले सहमतिमै शारिरीक सम्बन्ध भएको भन्दै उल्टै मुद्दा हाले ।

त्यसपछि इतोले १ करोड १० लाख जापानी येन क्षतिपूर्ति माग्दै देवयानी मुद्दा हालेकी थिइन् ।

अदालतले यामागुचीलाई दोषी ठहर गर्दै क्षतिपूर्ति तिराउने फैसला त गरेको छ तर उनीविरूद्ध कुनै आपराधिक मुद्दा बाँकी रहने छैन ।

प्रतिक्रिया दिनुहोस्