Hello NEw
लोक सेवा विशेष : ‘उद्योग विकासका लागि चालु योजनाका प्राथमिकता र वैदेशिक रोजगार’ सम्बन्धि सम्भावित प्रश्नहरु

प्रश्न : उद्योग क्षेत्रको विकासका लागी चालु योजनाका प्राथमिकताहरु के के हुन् — विस्तार चर्चा गर्नुहोस् । (५)
“योजना विकासको दपर्ण हो ।”
निश्चित समयमा सम्पन्न गर्नका लागी निर्धारण गरिएका लक्ष्य तथा उद्देश्यको समग्र स्वरुप नै योजना हो । अर्थतन्त्रको मेरुदन्ड मानिएको उद्योग क्षेत्रले पन्ध्रौ योजनासम्म आइपुग्दा राष्ट्रिय रोजगारीमा ८.१ प्रतिशत योगदान पुर्याएको छ ।
उद्योग क्षेत्रको विकासका लागी पन्ध्रौ योजनाका प्राथमिकताहरु
– औद्योगिक क्षेत्रको विकासका लागि नीतिगत, कानूनी र संस्थागत सुधार गर्ने,
– लगानीमैत्री वातावरण तयार गर्न प्रविधि प्रयोग, एकद्धार प्रणालीको विकास र औद्योगिक विकास गर्ने,
– उद्योग क्षेत्रलाई अन्य उत्पादनमुलक क्षेत्रको अन्तरसम्वन्धको आधारको रुपमा विकास र विस्तार गर्ने,
– खानी तथा खनिजजन्य उद्योगको लागत प्रभावी र तुलनात्मक लाभका आधारमा विकास गर्ने,
– प्रतिष्पर्धी क्षमता भएका स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगमा सार्वजनिक, नीजि सहकारी र साझेदारीमा लगानी परिचालन गर्दै आयात प्रतिष्थापनमा जोड दिने,
– उद्योग धन्दाको विकास र विस्तारका लागि क्षमता विकास, वित्तीय पंहुच र प्रर्वद्धनात्मक उपाय अवलम्वन गर्ने,
– उद्योग क्षेत्र विकासका लागी सार्वजनिक निजी साझेदारीमा जोड दिने र निजी क्षेत्रसँग भएको पुँजीलाई औद्योगिक क्षेत्रमा आकर्षित गर्ने,
– लगानीका लागि सहज वातावरणको निर्माण गर्ने र स्थानीयस्रोत र साधनको अधिकतम परिचालन गर्ने,
– नेपाललाई आकर्षक लगानीस्थलका रुपमा विकास गर्ने र वैदेशिक लगानीलाई भित्र्याइ आर्थिक लाभ हासिल गर्ने,
– अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय वस्तुको उत्पादनमा जोड दिने र तुलनात्मक लाभका वस्तुहरुको पहिचान गरि सोही वस्तुको उत्पादनमा जोड दिने,
अन्त्यमा,
मुलुकको आर्थिक विकासको कोशेढुङ्गाको रुपमा रहेको औद्योगिक क्षेत्रको विकासका लागी दिगो रोजगार मुलक र उच्च प्रतिफलयुक्त औद्योगिक विकास आजको आवस्यकता हो ।
प्रश्न : वैदेशिक रोजगारीमा देखिएका समस्या न्युनिकरणका लागि चालु योजनामा के कस्ता रणनीतिहरु अंगिकार गरिएको छ लेख्नुहोस । (५)
“जीवन निर्वाहका लागि वैदेशिक रोजगारी”
जीवन निर्वाहका लागी आफ्नो देशको सिमा बाहिर गएर गरिने पेशा व्यवसाय वा कामलाई वैदेशिक रोजगारी भनिन्छ । प्रत्येक दिन झन्डै १४ सयको संख्यामा नेपाली युवाहरु कामको खोजीमा मुलुक वाहिर जाने गरेका छन । चालु पन्ध्रौ योजनाले आन्तरिक रोजगार वजारको विस्तार गर्दै वैदेशिक रोजगारीवाट अधिकतम प्रतिफल लिने कुरामा जोड दिएको छ ।
वैदेशिक रोजगारीका समस्या न्युनिकरणका लागि योजनाले अंगिकार गरेका रणनितीहरु
– वैदेशिक रोजगारीलाई सुरक्षीत, शोषणमुक्त, मर्यादित र प्रतिफलयुक्त वनाइने,
– प्रमुख गन्तव्य मुलुकसंग श्रम संझौता गरिने,
– विदेशमा रहेका नेपाली श्रमिकहरुको हक हितकालागि श्रम कुटनीति अवलम्वन गरिने,
– गन्तव्य मुलुकका कामदारको हक हितकालागि रोजगारदाता र गैर आवासीय नेपालीसंग समन्वय गरिने,
– सवै सरोकारवालाको सहभागीतामा वैदेशिक रोजगार परिषद स्थापना गरिने,
– जनशक्तीको व्यवस्थापन गर्दै जगेडा श्रमिकलाई श्रम संझौता गरी वैदेशिक रोजगारीमा पठाइने,
– भारतमा जाने कामदारको दर्ता, परिचयपत्र वितरण र विमा लगायतका व्यवस्था कार्यान्वयन गरिने,
– वैदेशिक रोजगारीमा जानेको पूर्व अभिलेख राखी सुरक्षीत र मर्यादित वनाउने,
– वैदेशिक रोजगारीलाई थप सुरक्षित र भरपर्दो बनाउने,
– वैदेशिक रोजगारीमा नेपालीले भोग्नुपरेका समस्या समाधान गर्न पहल गर्ने,
– नेपालीले विदेशमा कमाएको पैसा सुरक्षित तरिकाले स्वदेशमा पठाउने व्यवस्था गर्ने,
– वैदेशिक रोजगारीमा जानुपुर्व तथा गइसकेपछी हुने ठगीलाई न्युनिकरण गर्ने,
– विदेशबाट प्राप्त रेमिट्यान्सलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने,
– विदेशमा समस्यामा परेका नेपाली उद्धार, राहत तथा पुर्नस्थापनालाई प्रभावकारी बनाउने,
निष्कर्षमा,
प्रत्येक वर्ष नेपालको श्रम वजारमा झन्डै ५ लाख युवा प्रवेश गर्दछन । तिनीहरुमध्ये अधिकांश वैदेशिक रोजगारीमा जाने गरेका छन । वैदेशिक रोजगारीलाई सुरक्षित तथा मर्यादित बनाउन चालु पन्ध्रौयोजनाले उल्लेख गरेका रणनीतिहरुको प्रभावकारी कार्यन्वयन गर्नु आजको आवस्यकता हो ।
