Hello NEw
प्रधानाध्यापक र शिक्षक मिलेर १६ लाख हिनामिना

काठमाडौं, ३ पुस । रामजनता निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक रामलखन चौधरी र शिक्षक जगदिश राय यादव विरुद्ध आरोपपत्र दायर भएको छ । चौधरी र यादव मिलेर विभिन्न शिर्षक अन्तर्गतका १६ लाख भन्दा बढी सरकारी रकम हिनामिना गरेको छ । उनीहरुले जिल्ला शिक्षा कार्यालय सर्लाहीबाट दुईकोठे भवन र छात्रा शौचालयका लागि प्राप्त रकम हिनामिना गरेको खुलेको छ ।
प्रधानाध्यापक चौधरी र खाता संचालक शिक्षक यादवले प्रचलित कानूनविपरीत रामजनता आधारभूत विद्यालय बबरगञ्ज, चन्दनगर गाउँपालिका सर्लाहीको भौतिक, छात्रवृत्ति, पाठ्यपुस्तक, गैर हाजिर शिक्षकको तलब, माटो पुर्ने, घेरावेरा, शिक्षक र्काचारीहरुको विद्यालयमार्फत जम्मा गर्नुपर्ने सामाजिक सुरक्षा कर र नागरिक लगानी कोष लगायतको रकम हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
उनीहरुले नेपाल सरकारको रकम आफूलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानी पुर्याउने नियतले खाई मासी हिनामिना गरेको पुष्टि भएको उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, बमोजिम सजाय र बिगादाबीे रकम सहित बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।
