Logo

Hello NEw

प्रमाण परिक्षण र यस सम्वन्धी कानूनी व्यवस्था



राजेन्द्र प्रसाद धमला, शाखा अधिकृत (मोरङ जिल्ला अदालत)

“पक्षहरुले पेश गरेको लिखत वा साक्षीको अदालतवाट मुल्याङकन वा जाँच गर्ने काम ।”

‘वादीले फिरादमा, प्रतिवादीले प्रतिउत्तरमा पुनरावेदकले पुनरावेदन पत्रमा उल्लेख गरेको साथै आवश्यकता अनुसारका थप प्रमाणहरुको अदालतवाट जाँच गर्ने कार्य।’

विषय प्रवेशः
– प्रमाणको रुपमा पेश भएका लिखत वा कागजातहरु सही हो वा गलत हो भन्ने यकिन भएपछि मात्र उक्त लिखत वा कागजहरु प्रमाणको रुपमा ग्राह्य हुन्छन ।
– निर्णयकर्ता प्रमाणको विश्वसनीयता, एकरुपता तथा सत्यता का आधारमा प्रणको परिक्षण गरी निर्णयमा पुग्दछ ।
– निश्चित कार्यविधिको अवलम्वन गरी प्रमाण संकलन, प्रस्तुति र मुल्याङकन गरी प्रमाणको न्यायिक परिक्षण गरी निर्णयलाई विश्वासलायक र न्यायोचित वनाउँदछ ।
– पछिल्लो समयमा प्रमाणलाई अदालत वा न्यायाधिकरण समक्ष कुनै कुरा प्रष्ट पार्न, प्रस्तुत गरिने कुरा, कुनै तथ्यलाई प्रमाणित गर्ने सूचना, अदालत समक्ष प्रस्तुत तथ्यको सत्यता वा सम्भावनामा,विश्वास दिलाउन प्रस्तुत गरिने कुरा वा कुनै अनुसन्धानलाई कुनै कुराको अस्तित्व सम्वन्धमा सन्तुष्ट गराउने कुरालाई प्रमाण भनिन्छ । -Lbid 
– प्रमाण भनको तथ्य हो, जसको सहायताले कुनै वस्तु, तत्व रहे वा नरहेको कुराको निष्कर्ष निकाल्न मद्दत गर्दछ, मुद्दामा ठहर गर्नु पर्ने तथ्यको अस्तित्व थियो वा थिएन, तथ्यको सम्वन्ध अन्य तथ्यसंग थियो वा थिएन भन्ने देखाउने औजार वा साधन नै प्रमाण हो ।
– प्रमाणको संकलन पछि, सवुतमा परिणत भएका प्रमाणहरुलाई एक/एक गरी मुल्याङकन गरी सवै प्रमाणहरु एक आपसमा विवादित तथ्यहरुलाई पुष्टी गरेको छ वा छैन भन्ने आधारमा तिनिहरुको मुल्याङकन, चेक, जाँच गर्ने कार्य प्रमाणको परिक्षण हो ।
– प्रमाणको परिक्षणले सत्यताको उजागरता, वास्तविकता, निश्चितता, विस्वसनियता प्रदान गर्ने हुनाले न्यायकर्तालाई न्याय (मुद्दाको ठहर) गर्नमा नजिक पुर्याउछ साथै उसको निर्णय जनमानसमा विस्वासलायक हुन्छ ।

प्रमाणको परिक्षणमा निन्न कुराहरु पर्दछन;

– प्रमाण भन्नाले अदालत समक्ष मुद्दाका पक्षहरु वा निजको तर्फबाट पेश गरीएको साक्षी, लिखत, दशी वा बस्तुगत आधार हो जसले मुद्दासँग बिवादीत तथ्यलाई सही वा गलत प्रमाणित गर्न वा सो सम्बन्धमा अदालतलाई निष्कर्षमा पुग्न मद्दत गर्दछ ।

प्रमाण वारे विभिन्न विद्धानहरुका राय तथा खोज
– कुनै यस्तो तथ्थ जसमा प्रमाणकारी शक्ति छ, प्रमाण मानिन्छ । (साल्मण्ड)
– न्यायीक कारबाहीमा प्रमाणको आसय ति तथ्य र लिखतहरुसँग हुन्छ जसले बिचाराधिन तथ्यहरुलाई स्वीकार वा अस्वीकार गर्न कानूनन सकिन्छ ।
– यस्तो तथ्य जसलाई मस्तिस्कको अगाडी ल्याउनासाथ कुनै दोस्रो तथ्यको अस्तित्व वा अनस्तित्वको पत्ता लाग्छ, प्रमाण भनिन्छ। (बेन्थम)
– बिबास्पद बिषयमा अदालत वा मुद्दा हेर्ने अधिकारीको मनमा बिश्वास दिलाउन सकिने अदालतमा प्रस्तुत भएका लिखत वा ब्यक्त भएको मौखिक कुराहरु, दशी वा मुर्त वा ठोस बस्तु हरु, स्थानिय निरीक्षण वा तहकिकातका परिणामहरु प्रमाण भित्र पर्न आउदछन ।
– प्रमाण भन्नाले समस्त कानूनी साधन जसद्वारा कुनै तथ्य प्रमाणित वा अप्रमाणित गर्न सकिन्छ। (Toylor)
– प्रमाणले एक क्ष वा अन्य पक्षको तथ्यहरु वा बिवादको बिषयको सत्य प्रदर्शित वा निश्चित गर्दछ। (Buckstone)
– भारतिय प्रमाण ऐन, १८७२ को दफा ३ मा “प्रमाण भन्नाले ती कथनहरु जाँचबुझ अन्तर्गत तथ्यको बिषयको सम्बन्धमा अदालतले कथन जाँच बुझको सम्बन्धमा अदालतले आफु समक्ष साक्षीद्वारा ब्यक्त गर्न आज्ञा दिइएका वा अपेक्षा गरीएका बिषय पर्दछन र साक्षीको यस्तो कथनलाई मौखिक प्रमाणको रुपमा र अदालतको निरिक्षणको निमित्तपेश गरीएका सबै लिखतहरुलाई लिखत प्रमाणको रुपमा लिइन्छ ।”

प्रमाण कानूनका शिद्दान्तहरु;
– मुद्दामा ठहर गर्नु पर्ने कुरासँग सम्बद्द प्रमाणमात्र बुझ्नु पर्ने (प्रमाण ऐन, २०३१ को दफा ३)
– लिखित रुपमा स्वीकार गरेको कुरा र न्यायीक जानकारी वा अनुमान गर्न सकिने कुरामा प्रमाण बुझ्नु पर्दैन – दफा ४
– पक्षले ब्यक्त गरेको कुरा निजको बिरुद्धमा प्रमाणमा लिन हुन्छ – दफा ९
– मौकामा ब्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ – दफा १०
– मृत्युकालिन घोषणा (Dying Declaration) प्रमाणमा लिन हुन्छ । – दफा ११
– खास अवस्थाका ब्यक्तिले ब्यक्त गरेका खास कुराहरु प्रमाणमा लिन हुन्छ – दफा १२
– नियमित रुपमा राखिएका खाता बही किताब वा श्रेस्तामा जनिएका कुराहरु प्रमाणमा लिन हुन्छ – दफा १४
– साक्षीले अदालत समक्ष सनाखत गरेको मुद्दा सँग सम्बन्धित जुनसुकै दशी वा चिज बस्तु प्रमाणमा लिन हुन्छ – दफा २२
– मुद्दामा पक्षको चरीत्र असल वा खराब छ भन्ने कुरा प्रमाणमा लिनु हुदैन तर कुनै पक्षको चरीत्र नै अदालतले ठहर गर्नु पर्ने भएमा निजको चरीत्र सम्बन्धि कुरा प्रमाणमा लिन हुन्छ – दफा २४
– फौजदारी मुद्दामा कसूर प्रमाणित गर्ने भार बादीमा रहन्छ – दफा २५
– देवानी मुद्दामा कसूर प्रमाणित गर्ने भार बादीमा रहन्छ – दफा २६
– प्रचलित कानून बमोजिम सजायमा कमी वा छुट हुने वा सजाँयबाट रिहाई पाउने कुनै कुराको जिकिर प्रतिबादीले लिएमा सो कुराको प्रमाण पुर्‍याउने भार प्रतिबादीमा रहने – दफा २७
– तथ्यको कुरामा बिबन्धन लागू हुने – दफा ३४
मौखिक प्रमाण प्रत्यक्ष हुनु पर्छ – दफा ३७

देवानी मुद्दामा प्रमाण पेश गर्ने सम्बन्धी ब्यवस्था;
प्रमाण सम्बन्धी लिखत पेश गर्नु पर्ने (दे. का. सं. को दफा १६१)
– फिराद र प्रतिउत्तर सँगै सम्बन्धित लिखत प्रमाणको सक्कल र त्यसको प्रतिलिपी पेश गर्नु पर्ने
– अदालतले झिकाई बुझ्न सक्ने
– सक्कल प्रति तत्काल पेश गर्न नसकिने भएमा कारण सहित प्रतिलिपी पेश गर्न सकिने

प्रमाणको उल्लेखन गर्नु पर्ने (दफा १६२)
– कुनै लिखत प्रमाणको सक्कल प्रति कुनै ब्यक्ति वा संस्थाको जिम्मामा रही त्यसको सक्कल प्रति तत्काल उपलब्ध गराउन नसक्ने भएमा बादी प्रतिबादीले सोही कुरा उल्लेख गर्नु पर्ने छ ।
अदालतले त्यस्तो प्रमाण पेश गर्न आदेश दिन सक्ने छ र तोकेको अवधि भित्र पेश गर्नु पर्ने छ ।

प्रमाण पेश गर्न समय माग गर्न सक्ने (दफा १६३)
– १५ दिन सम्मको समय दिन सक्ने छ
– समय भित्र पेश नभएमा त्यस्तो प्रमाण प्रमाणको रुपमा बुझ्न सकिने छैन
– प्रमाण पेश गर्न अनुमति दिन सकिने (दफा १६४)
– फिराद प्रतिउत्तर दर्ता गर्दा बादी प्रति बादीको जानकारिमा नआएको कुनै नयाँ र महत्वपुर्न लिखित प्रमाण पेश गर्न अनुमति माग गर्न सक्ने छ र ब्यहोरा मनासिब देखिएमा अदालतले प्रमाण पेश गर्न अनुमति दिने सक्नेछ
– बादी प्रतिबादीले आफैले पेश गर्न सम्भव नभएको कारण उल्लेख गरी अदालतमा निवेदन दिएमा त्यस्तो प्रमाण झिकाउन आदेश दिन सक्ने छ ।

सक्कल लिखत फिर्ता गर्नु पर्ने (दफा- १६५)
– पेश गरेको प्रमाण सक्कल लिखत सँग भिडाई सक्कल लिखत फिर्ता गर्नु पर्ने
– अदालतले मागेका बखत पेश नगरेमा प्रमाणको रुपमा लिन सकिने छैन ।
– सामान्यतया प्रतिउत्तर पेश नभई प्रमाण बुझ्ने कारबाही अगाडी नबढाइने (दफा १६६)
– मुद्दामा ठहर गर्नु पर्ने बिषय सँग सम्बद्द कुरा बाहेक अरु कुरामा प्रमाण बुझ्न सकिने छैन – दफा १६८
– मुद्दाको पक्षले पेश गर्न नसकेको वा नसक्ने प्रमाण पेश गर्न अदालतले आदेश दिन सक्ने छ ।-दफा १६९
– कागज गराउने – साबिक अ. बं. १३३ नं. हालको दफा १७१
– सद्दे किर्तेमा बयान गराउनु पर्ने – दफा १७२
– बयान लिई कारबाहि र किनारा गर्नु पर्ने – दफा १७५ साबिक अ.ब. ८० नं.
– नाप जाँच वा नक्सा गर्न सक्ने – दफा १७७
– ठाउ अबलोकन गर्न सक्ने – दफा १७८
– बयान लिई कारबाही सुनुवाई र किनारा गर्नु पर्ने
– प्रभावित पक्षलाई बुझ्नु पर्ने
– भिडियो कन्फरेन्स मार्फत साक्षी परिक्षण गर्नु पर्ने
– बन्द सवाल मार्फत साक्षी परिक्षण गराउन सक्ने

फौजदारी मुद्दामा प्रमाण संकलन;
– अनुसन्धानको क्रममा संकलन हुने
– जाहेरवालाले जाहेरी साथ पेश गर्ने
– बादीले फिराद साथ र प्रतिबादीले प्रतिउत्तर पत्र साथ
– प्रतिबादीले बयान गर्दा पेश गर्ने
– बयान गर्दा खुलाउने
– अदालतले मुद्दाको सुनुवाईको क्रममा प्रमाण संकलन परीक्षण गर्ने
– प्रतिबादीले बयान गर्दा साक्षी राख्ने र सोको परीक्षण गर्ने
– महीला बालबालिका पिडित भएको मुद्दामा निरन्तर सुनुवाई र गोपनियता कायम राखि लगातार प्रमाण परिक्षण हुने
– साक्षी एबं मौखिक प्रमाण

फौजदारी मुद्दामा प्रमाण संकलन र परीक्षण
– जाहेरी दरखास्त
– जाहेरवालाको कागज
– अभियुक्तको बयान
– चश्मदित गवाह
– वारदातका साक्षी
– मृत्युकालिन घोषणा
– बिशेषज्ञको राय

लिखित प्रमाण
– लिखत प्रमाण
– अस्पतालको जाँच प्रमाण
– भरपाई निस्सा
– अन्य कागज प्रमाण ९सरकारी छाप दस्तखत, बैक ठगी मुद्दा सँग सम्बन्धित चेक, बैक भौचर, अन्य लिखत, नक्कली राहदानी नागरीकता,शैक्षीक प्रमाण पत्र, नक्कली प्रवेशआज्ञा, Travel document, वारदातमा आफु अण्यत्र रहेको पुष्टी हुने लिखत , चिठ्ठी, रसिद, बिल भरपाई जस्ता कागजहरु०
– भौतिक प्रमाण
– घटना स्थल प्रकृती मुचुल्का
– खानतलासी एबं बरामदी मुचुल्का
– लाश प्रकृती मुचुल्का

सनाखत
– दशीको सनाखत
– प्रतिबादीको सनाखत
– घटना स्थलको सनाखत

बैज्ञानिक परीक्षण वा जाँचबाट प्राप्त प्रमाण
– शब परीक्षण
– घा जाँच प्रतिवेदन
– भिसेरा परीक्षण
– अभियुक्त वा पिडितको साथबाट बरामद भएको वा वारदातमा प्रयोग भएको बस्तुहरुको जाँच
– वारदात स्थलबाट उठाइएका प्रमाण लाग्न सक्ने बस्तुहरुको जाँच
– DNA परीक्षण
– Finger and Foot print को परीक्षण
– हातहतियार, खरखजाना वा बिष्फोटक पदार्थ जाँच
– लागू औषधको जाँच
– रगत, बिर्य, खकारको परीक्षण
– शरीरको भित्री अंगको परीक्षण
– भित्री बस्त्रको परीक्षण
– बिवादास्पद लिखत परीक्षण
– हस्ताक्षर लिखत परीक्षण
– हस्ताक्षर ल्याप्चे जाँच
– उमेर जाँच

दशी प्रमाण
– अपराध सँग सम्बन्धित दशी
– प्रयोग भएका हतियार
– अपराध गर्न वा गराउन वा अपराधको षडयन्त्रमा प्रयोग हुने अत्याधुनिक प्रबिधी तथा साधनहरु (कम्प्यूटर, सफ्टवेयर, क्यामरा, मोबाइल, सिसि क्यामराको फुटेज, कल डिटेल्स)

फौजदारी मुद्दामा प्रमाण परीक्षण
(फौ.का.सं.को दफा ९९-११५ सम्म)
– प्रमाण पेश गर्नु पर्ने
– अदालतको अनुमति लिई थप प्रमाण पेश गर्न सक्ने
– सक्कल लिखत देखाउने
– सक्कल लिखत फिर्ता गर्नु पर्ने
– पक्षले साक्षी उपस्थित गराउनु पर्ने
– सह अभियुक्तको जिरह गर्न सक्ने
– बिशेषज्ञ साक्षीलाई बुझ्न सकिने
– बन्द सवाल द्वारा साक्षी बुझ्न सकिने
– भिडियो कन्फरेन्स मार्फत साक्षी बुझ्न सकिने
– नबुझी नहुने साक्षीलाई समाह्वान र पक्राउ पुर्जी जारी गर्न सकिने

सरकारी कार्यालयमा रहेको प्रमाण संकलन
– जग्गा खिचोला मुद्दामा
– चेक अनादर मुद्दामा
– लिखत बदर
– अंश मुद्दा
– फैसला बदर
– निर्णय बदर
– दा. खा. दर्ता बदर
– नाप नक्सा बदर
– हक कायम मुद्दा
जस्ता मुद्दाहरुमा जग्गाधनी दर्ता श्रेष्ता पूर्जा, नक्सा, निर्णय फाइल, लगत, फारमहरु, कागजात आदि मगाउने ।

प्रतिक्रिया दिनुहोस्