Hello NEw
सडक अतिक्रमण नियन्त्रण गरीने

लहान, ७ पुस । लहान नगरपालिकाले लोकमार्ग क्षेत्रमा गरिएको सडक अतिक्रमण नियन्त्रण गरीने बताएको छ । विगत एक वर्षदेखि सडकको दुबै किनारमा अतिक्रमण गरी फुटपाथका पसल र केहि पक्की भवन समेत निर्माण गरिएका सबै संरचना खाली गराउने भएको हो । यस अघि सडक अतिक्रमण हटाउन विभिन्न प्रयास भएपनि ती प्रयासहरू सफल भएका थिएनन् । विगतमा असफल हुनुको कारण खोजी गरी लहान नगरपालिकाले यसपटक भने सबैसँगको सहकार्यमा अतिक्रमित सडक खाली गर्ने योजना ल्याएको हो ।
लहान नगरप्रमुख मुनि साहका अनुसार लहानको मुख्य चोकको दुबैतिर ३१ मिटर खाली गराउन पटक पटक गरेको सार्वजनिक सूचनाहरुलाई वेवास्ता गरी फुटपाथका पसलहरु हटाउन अवरोध खडा भइरहेको थियो । उच्च अदालत जनकपुर इजलास राजविराजले सडक फराकिलो गर्न दिएको फैसलाले बाटो खुलेको छ । यस पटक सडक खाली गराउन नगरपालिकाले अन्तिम पटक सूचना गरिएको छ ।
लहान नगरपालिकाले १५ गते पुससम्ममा लहान, १, ३, ४, ५, ६, ७, ८,९ र १० नम्वर वडामा कुनै पनि फोहोर नगर्न फुटपाथमा थुपार्न फाल्न नपाइने, सार्वजनिक ऐलानी पर्ति र सडक अतिक्रमण गरी निर्माण गरेका घर, टहरा, पर्खालर छाप्रो संरचनाहरु हटाउन पर्चा वितरण गरी खाली गराउन सार्वजनिक सूचना टाँस गरिसकेको छ ।
