Hello NEw
मुगुमा स्थानीयलाई ग्याँस चुल्हो वितरण

मुगु, ७ पुस । छायाँनाथ रारा नगरपालिका–१३ मा खाना पकाउने एलपी ग्याँस र चुल्हो वितरण गरिएको छ।
लापुगाउँका २४ दलित घरधुरी र लहगाउँका ३२ घरधुरीलाई ग्याँस चुल्हो उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । अनुसार गरिबसंग नगरप्रमुख कार्यक्रम अन्तर्गत सो सहयोग गरिएको हो ।
उक्त स्थान नगरपालिकाको सबै भन्दा दुर्गम स्थान हो । दाउरा खोज्ने हैरानीबाट मुक्त हुने भएपछि स्थानीयहरु खुशी भएका छन् ।
