Logo

Hello NEw

समाजवादी पार्टीले सरकार छोड्ने



काठमाडौं, ८ पुस । समाजवादी पार्टीले सरकार छोड्ने भएको छ । उसले तात्कालै निर्णय गरेर सरकार छाडने जनाएको छ ।

पार्टी स्रोतका अनुसार समाजवादी पार्टी संविधान संशोधनको मुद्दालाई लिएर सरकारमा गए पनि संशोधनको मुद्दा सम्बोधन नहुने देखेपछि सरकार छाड्ने मनस्थितिमा पुगेको हो । पार्टीले भोलिसम्ममा सरकारबाट बाहिरिने निर्णय गरेको छ । निर्णय लगत्तै सरकारमा सहभागी समाजवादी पार्टीका मन्त्रीले राजिनामा गर्नेछन् ।

संघीय समाजवादी पार्टीको नेतृत्व गर्दै अध्यक्ष उपेन्द्र यादब उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा छन् । त्यसैगरी, मोहम्मद इस्तियाक राईले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्