Hello NEw
दुई लाख घुस रकम सहित इन्जिनियर पक्राउ

काठमाडौं, ८ पुस । शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीका इन्जिनियर त्रिलोक जोशी घुस रकम सहित पक्राउ परेका छन् ।
जोशीले भवन निर्माण ठेक्का सम्झौताको रनिङ बिल तयार र म्याद थप लगायतका काम गरिदिए बापत सेवाग्राहीसँग घुस लिने गरेका थिए ।
काम गरी दिन्छु भन्दै घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरले २ लाख ५० हजार घुस सहित पक्राउ गरेका थिए ।
जोशीले निर्माणाधिन हिकिला स्वास्थ्य चौकी भवन दार्चुला तथा दशरथचन्द नगर भवन बैतडीको निर्माण कार्यहरुको म्याद थप लगायतका कार्य गरी दिएवापत सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको भन्दै उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना र कैद सजाय मागदाबी सहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
