Logo

Hello NEw

वडा कार्यालयमा तोडफोड र चोरी



बैतडी, ९ पुस । बैतडीको मेलौली नगरपालिकाका ७ को कार्यालयमा मंगलबार राती तोडफोड सहित चोरी भएको छ । अज्ञात समूहले वडा कार्यालयमा तोडफोड र चोरी गरेको प्रहरीले जनाएको छ । वडा कार्यालयको मूल ढोकाको ताल्चा तोडेर भित्र रहेको १ थान कम्प्युटर चोरी भएको इलाका प्रहरी कार्यालयले जानकारी दिए ।

कार्यालयको कागजपत्र रहेका २ दराजको पनि ताल्चा फुटालेर क्षति पुर्‍याएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वडा कार्यालयमा तोडफोड र चोरी भएपछि कार्यालयको काम प्रभावित भएको वडा अध्यक्ष राजेन्द्र कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्