Logo

Hello NEw

समाजवादी पार्टीले लिए समर्थन फिर्ता, गुम्यो दुई तिहाइको हैसियत



काठमाडौं, ९ पुस । समाजवादी पार्टीले नेकपा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

समाजवादी पार्टीको प्रतिनिधित्व गरी सरकारमा उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी पाएका अध्यक्ष उपेन्द्र यादब र शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले मङ्गलबार राजिनामा दिएका छन् । राजिनामा दिएको भोलिपल्ट समाजवादी पार्टीले पत्रकार सम्मेलनको आयोजना गरेर समर्थन फिर्ता लिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकारलाई दिएको समर्थन फिर्त लिई आजकै मितिदेखि प्रतिपक्षमा रहने प्रष्ट्याएका छन् ।

समजवादी पार्टीले समर्थन फिर्ता लिए लगत्तै सरकारले दुई तिहाइको हैसियत गुमाएको छ । २७५ सदस्य रहेको प्रतिनिधि सभामा सरकारलाई समाजवादीको समर्थनमा १९१ सांसदको समर्थन थियो । समाजवादीले समर्थन फिर्ता लिएसँगै अब १७४ सांसदको समर्थन छ । जुन संख्या दुई तिहाइ नभए पनि सुविधाजनक बहुमत हो ।

प्रतिक्रिया दिनुहोस्