Logo

Hello NEw

ट्राफिक नियम तोड्नेलाई ५ हजार जरिवाना !



काठमाडौं, ९ पुस । यातायात व्यवस्था विभागले ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरेको छ ।

संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदामा यो कुरा उल्लेख गरिएको विभागले जनाएको छ । विभागले संघीय सवारी तथा यातायात व्यवस्था ऐनको सन्दर्भमा सातै प्रदेशका मन्त्रालयका सचिव र विभागीय मन्त्रीहरूसँग यही १३ र १४ गते काठमाडौंमा छलफल गर्दैछ।

‘प्रदेश सरकारसँग छलफलपछि हामी ऐनको ड्राफ्ट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाए पछि मन्त्रालयले सम्बन्धित मन्त्रालय र स्टेक होल्डरहरूसँग राय तथा सुझाव लिएसंगै मस्यौदा संसदमा जानेछ । संसदले अनुमोदन गरेपछि ऐन लागू हुन्छ।

अहिले ट्राफिक नियम उल्लंघन गरे ट्राफिक प्रहरीले कसुर हेरेर ५ सय देखि १५ सयसम्म जरिवाना लिने गरेको छ। ट्याक्सीको लागि ‘हाउमच’ अभियानमा भने ट्राफिकलाई ३ हजारसम्मको जरिवाना लिन अधिकार दिइएको छ।

यो ऐन लागू भए लेनक्रस, ओभर स्पिड, जिकज्याक लगायतका सामान्य कसुरमा समेत ५ हजार जरिवाना लगाउन पाउने छ ।

यो ऐन लागू भएपछि ट्राफिक नियम उलंघनको जरिवाना न्यूनतम र उच्चतम भन्ने हट्छ र सिधै ५ हजार जरिवाना लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्