Logo

Hello NEw

निजामती सेवाको अवधारणामा आएका नवीन प्रवृत्ति र यसको प्रभाव



नारायणप्रसाद शर्मा दुवाडी, सहसचिव (नेपाल सरकार)

निजामती सेवाको अवधारणामा आएका नवीन प्रवृत्तिको संक्षेपमाचर्चा गर्दै नेपालको निजामती सेवामा यिनको प्रभाव के कस्तो रहेको पाउनु हुन्छ ? उदाहरण सहित विवेचना गर्नुहोस् ।

निजामती सेवाका नवीन प्रवृत्तिहरु;
राजनीतिक सरकारले जनता सामू अभिव्यक्त गरेका प्रतिवद्धतालाई व्यवहारमा नै साकार पार्ने उदेश्यका साथ व्यवस्थित गरिएको विभिन्न पेशाविद्हरुको स्थायी, व्यवसायिक तथा बैधानिक संयन्त्रलाई निजामती सेवा भनिन्छ । व्यवसायिक क्षेत्रमा आएका नवीन व्यवस्थापकिय सिद्धान्तहरु, अर्थ राजनीतिक क्षेत्रमा प्रतिपादित दर्शनहरु र प्रगतीशील र असिमित जनआकांक्षाहरु सँग एकाकार हुननसकेको भनी निजामती सेवाप्रति आम रुपमा लाञ्छना लाग्ने गरेको छ ।

निजामती सेवालाई साँच्चै परिवर्तनको वाहकको रुपमा स्थापित गर्न, जनविश्वास आर्जन गर्न र सरकारको बैधता पुष्टि गर्न पनि यसले आफ्ना अन्तरनिहित दुर्गुणहरु जस्तै प्रक्रियामुखी, तथ्यमा मात्र आधारित, यान्त्रिक, केन्द्रिकृत दूर गर्नु पर्ने वाध्यता पर्न गयो र फलस्वरुप निजामती सेवाको अवधारणामा नयाँ मान्यताहरुले प्रवेश पायो ।

ती नवीन प्रबृत्तिहरु र यसको सामयिक विकासक्रमलाई देहाय बमोजिम प्रस्तुत गरिएको छ ।
१) राजनीतिक र प्रशासनिकपदाधिकारीहरुको अधिकारको कानूनत स्पष्ट सिमाकंन
२) प्रशासनिकअधिकारको विकेन्द्रिकरण
३) गुणप्रणालीको नयाँ र विस्तारित परिभाषाको रुपमा समावेशीकरण, सारभूत सहभागिता र दीगोपना समावेश
४) साँस्कृतिक रुपले प्रतिस्पर्धी
५) स्पष्ट र जनताप्रतिप्रत्यक्षउत्तरदायित्व
६) कार्यसम्पादनमाआधरित व्यवस्थापन प्रणाली
७) विद्युतीय सुशासन
८) नागरिक केन्द्रित, नतीजाउन्मुख, उद्यमशील र प्रतिस्पर्धी निजामती सेवा
९) लोकतान्त्रिक मूल्य र मान्यताको प्रदायक

सार्वजनिक प्रशासनको सामयिक मुद्दाहरु
सन् २००१ विश्वव्यापीकरण र राज्य
सन् २००३ इ–सरकार
सन् २००५ कार्यसम्पादनको लागि जनशक्तिको क्षमता प्रस्फुटन
सन् २००८ सार्वजनिक शासनमा नागरिक संलग्नता
सन् २०१० सार्वजनिक प्रशासनको द्वन्द्वोत्तर पुनसंरचना
सन् २०१५ जिम्मेवार र जवाफदेही सार्वजनिक शासन
सन् २०१८ संस्थागत विकास, एकिकरण र दिगो विकासका लागि सहकार्य
सन् २०१९ दिगो विकासको लागि संस्थागत क्षमता

नेपालको निजामती सेवामा नवीन प्रबृत्तिहरुको प्रभाव;
निजामती सेवामा अपेक्षित रुपमा परिवर्तन हुन नसकेको महशुस सर्वत्र गरिए पनि संसारका निजामती सेवामा आएका परिवर्तनहरुको प्रभावबाट पूर्ण रुपमा अलग भने छैन । निजामती सेवाको अवधारणामा आएको नवीन प्रबृत्तिहरुको प्रभावलाई तलको तालिकामा प्रस्तुत गरिएको छ ।

यसरी नेपालको निजामती सेवामा पनि आधुनिक निजामती सेवाको अवधारणाको प्रभाव सकारात्मक रुपमा परेको देखिए तापनि धेरै जसो परिवर्तन वा सुधारहरु कानूनमा मात्र भएका,व्यवहारमा रुपान्तरण हुननसकेको महशुस गरिएको छ । पछिल्लो दशकमा पुरानो सार्वजनिक प्रशासन नयाँ सार्वजनिक व्यवस्थापन हँुदै नयाँ सार्वजनिक सेवाको अवधारणामा सिफ्ट भएको पाइन्छ जसको प्रभाव नेपालको निजामती सेवामा पनि कुनै न कुनै मात्रामा परेकै छ ।

तर सुधार र रुपान्तरणको गति र मात्रामा गुणात्मक बृद्धी जरुरी छ । सिंगापुरको सार्वजनिक व्यवस्थापनको मोडल, सव-सहारा अफ्रिकाको राजश्व प्रशासन सुधार, मलेसियाको भ्रष्टाचार नियन्त्रण लगायतका संसारका सफल उदाहरणहरु बाट पाठ सिक्दै नेपाली परिवेश सुहाउँदो नवीन प्रवृत्तीको प्रवर्धन गर्नु जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्