Logo

Hello NEw

अझै टुंगिएन प्रदेश ३ को राजधानी र नामकरण



हेटौंडा, १० पुस । प्रदेश ३ को स्थायी राजधानी र नामकरण अझै टुंगो लागेको छैन । चार वटा अधिवेशन सकाएको प्रदेशसभाले यस अवधिमा ४५ वटा विधेयक पारित गरेको छ । गत भदौ २५ गते वर्षे अधिवेशन अन्त्य गरेको प्रदेशसभाले हिउँदे अधिवेशन समेत सुरु गर्न सकेको छैन । प्रदेशसभा बैठक बस्न नसक्दा महत्त्वपूर्ण विधेयकले बैठकमा प्रवेश पाउन नसकेको हो ।

लामो समयसम्म प्रदेशसभा बैठक स्थगन गरेर सरकारले सांसदलाई बेरोजगार बनाएको प्रमुख प्रतिपक्षी दल कांग्रेसको आरोप छ । आन्तरिक झमेला टुंग्याएर नेकपाले प्रदेशसभा बैठकमा राजधानी टुंगो नलगाए विशेष अधिवेशन माग गर्ने कांग्रेसको तयारी छ ।

प्रदेशसभा गठन भएको दुई वर्षको अवधिमा स्थायी राजधानी र नम तोक्न नसकेको भन्दै प्रदेशसभामाथि नै प्रश्न उठ्न थालेको छ । प्रदेशको राजधानी र नाम तोक्न नसक्नेले अरू के काम गर्न सक्छ भन्दै जनस्तरमा समेत आलोचना बढ्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्